Fonemoney को हप्तामा २ जनालाई कोरियन १-१ लाख वन  नगद पुरस्कार

१ महिना सम्मको योजना “हरेक हप्ता नगद वर्षा” सार्वजनिक सोल, दक्षिण कोरिया – १५ जुलाई २०२५: कोरियामा रहेका नेपाली प्रवासी कामदारहरूका लागि समर्पित डिजिटल रेमिटेन्स सेवा Fonemoneyले नयाँ योजना  “हरेक हप्ता नगद वर्षा” सुरु गरेको छ, जसअन्तर्गत प्रयोगकर्ताहरूले प्रत्येक हप्ता १ लाख नगद पुरस्कार जित्ने अवसर  पाउनेछन्। १४ जुलाई देखि १३ अगस्ट २०२५ सम्म सञ्चालन हुने यस एक महिने योजनामा, हरेक हप्ता दुईजना भाग्यशाली  प्रयोगकर्ताहरूले १-१ लाख कोरियन वोन (झण्डै १०,००० नेपाली रुपैयाँ) जित्नेछन्। योजनामा सहभागी हुनका लागि प्रयोगकर्ताहरूले कोरियाबाट नेपाल पैसा पठाउनुपर्छ, त्यो पनि Fonemoney App मार्फत। पैसा सिधै बैंक खातामा, क्यास पिकअपहरूमा वा इसेवा वालेटमा पठाउन सकिन्छ, जसले सबैलाई सजिलो र  पहुँचयुक्त सेवा  प्रदान गर्दछ।प्रत्येक हप्ता मंगलवार बेलुकी ७ बजे (कोरियन समयअनुसार) Fonemoneyको Facebook  र TikTok Live मा  विजेताहरूको घोषणा गरिनेछ। न्यूनतम ५०,००० रुपैयाँको कारोबार गरेका प्रयोगकर्ताहरू मात्र पुरस्कारका लागि योग्य मानिनेछन्।“कोरियामा  काम गरिरहेका नेपाली दाजुभाइको मिहिनेतप्रति हाम्रो सम्मान स्वरूप यो योजना ल्याएका हौं। पैसा पठाउने यात्रामा हामीले सधैं सहजता, भरपर्दोपन र फाइदाजनक अनुभव दिने प्रयास गर्दै आएका छौं,”  Fonemoneyका मार्केटिङ म्यानेजर राजन अधिकारीले भन्नुभयो।Fonemoneyले प्रयोगकर्ताहरूलाई  ०% सेवा शुल्क, उत्तम दर, र निश्चित सुरक्षा सहितको रेमिटेन्स सुविधा प्रदान गर्दै आएको छ।    

Read More

ईजरायल र ईरान युद्धमा नेपालीहरुको ज्यानको सुरक्षा गर्न रिर्टनी फेडेरेशनको माग

काठमाडौं, ५ असार । रिटर्नी फेडेरशन नेपालले इजरायल–इरान युद्वको मारमा परेका नेपालीको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । फेडेरेसनका महासचिव खेम कार्कीले विज्ञप्तिमार्फत युद्वरत दुई दुेशमा रहेका नेपालीको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । युद्धको प्रभाव पर्न सक्ने अन्य छिमेकी मुलुकमा रहेका नेपालीहरुको सुरक्षाप्रति समेत आवश्यक सावधानी अपनाई पुर्व तयारी गर्नको लागि फेडेरेशनले…

Read More

मिलन बिश्वकर्मा बने Fonemoney को १ करोड कोरियन वन विजेता

दक्षिण कोरिया / जुन १६, २०२५ रेमिट्यान्स सेवा प्रदायक Fonemoney द्वारा सञ्चालन गरिएको “फोनमनी साथमा १ करोड हातमा” योजना अन्तर्गत १ करोड कोरियन वन जित्ने भाग्यशाली विजेता मिलन बिश्वकर्मा घोषित भएका छन्। यो विजेता छनोट कार्यक्रम जुन १५, २०२५ गते आइतबार, दोंगदेमुनस्थित Fonemoney को मुख्य कार्यालयमा लक्की ड्र मार्फत सम्पन्न गरिएको थियो। उक्त योजनाअन्तर्गत, हरेक…

Read More

Fonemoney को करोडपति र पैसा डबल योजना सम्पन्न

एक करोड वोन बिजेता चाडै चयन गरिने दक्षिण कोरिया । अप्रिल ६। दक्षिण कोरियाको रेमिटयान्स कम्पनी Fonemoney ले करोडपति र पैसा डबल योजना सफलता पूर्वक सम्पन्न गरेको छ । यो योजना अन्तर्गत ३६ जनाको पैसा डबल भईसकेको छ भने चाडै नै बम्पर उपहार १ करोड वनको बिजेता समेत चयन गरिने कम्पनीले जनाएको छ । प्रत्येक…

Read More

रिटर्नीहरुलाई हेर्ने छुट्टै डेस्क स्थापना गर्न रिटर्नी फेडेरेसनको माँग

काठमाण्डौं । चैत्र २१ । रिटर्नी फेडेरेसन नेपालले ४३ लाख रिटर्नीहरुलाई सम्बोधन छुट्टै शक्तिशालि सरकारी निकाय हुनेपर्ने सहितको मागँहरु राखेको छ । आज नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष ईश्वर पोखरेललाई भेटी श्रम मन्त्रालय आन्तरिक रोजगार शाखा अन्र्तगत रिटर्नीहरुलाई हेर्ने छुट्टै डेक्स राख्नुपर्ने लगायतका माँगहरु बुझाएका छन । फेडेरेसनका नव निर्वाचित अध्यक्ष बिनोद भट्टराई…

Read More

रिटर्नीको नयाँ कार्यसमितिलाई एमाले महासचिव पोखरेलको गरे सम्मान

काठमाण्डौं । चैत्र २१ । काठमाडौँ, चैत १९ गते । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नवनिर्वाचित रिटर्नी फेडेरेसन नेपालको केन्द्रिय पदाधिकारीहरूलाई सम्मान गरेका छन् । केन्द्रिय पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमा महासचिव पोखरेलले नयाँ बधाई एवम शुभकामना दिएका छन् । उनले नवनिर्वाचित अध्यक्ष बिनोद भट्टराई लगायत सम्पूर्ण टिमलाई खादा लगाई सम्मान गरेका थिए ।…

Read More

रिटर्नी फेडेरेसनको अध्यक्षमा बिनोद भट्टराई र महासचिवमा खेम कार्की निर्वाचित

चैत १६, काठमाडौं । रिटर्नी फेडेरेसन नेपालको दोश्रो राष्ट्रिय महाधिवेशन कमरेड बिनोदप्रसाद भट्टराईको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत निर्वाचित गरेको छ । कमिटीको उपाध्यक्षमा अर्चना बस्नेत रोकाहा र जितेन्द्र बानियाँ, महासचिवमा खेमबहादुर कार्की, उपमहासचिवमा नवराज श्रेष्ठ र सचिवहरुमा सीता बस्याल, ज्ञानेश्वर घिमिरे, हेम राई, ज्ञानु खवास निर्वाचित भएका छन् । रिटर्नी फेडेरेसन नेपालको दोश्रो…

Read More

रिटर्नी फेडेरेसनद्वारा इन्भेस्टमेन्ट कम्पनी घोषणा, ५ बर्षभित्र २५ अर्ब लगानी जुटाउने

काठमाडौं । रिटर्नी फेडेरेसन नेपालले सामुहिक उद्यमशीलताका लागि पब्लिक लिमिटेड इन्भेष्टमेन्ट कम्पनी घोषणा गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच इन्भेस्टमेन्ट कम्पनी लिमिटेड घोषणा गरिएको हो । पहिलो बर्ष १६०० लगानीकर्ताबाट ३६ करोड लगानी संकलन र ५ बर्षभित्र २५ अर्बसम्मको लगानी जुटाउने गरी उक्त इन्भेस्टमेन्ट कम्पनी घोषणा भएको कार्यक्रममा जानकारी दिइयो । उक्त कम्पनीको…

Read More

फेडेरेसनद्धारा रिटर्नी उधमीहरु सम्मानीत

काठमाण्डौं ।  रिटर्नी फेडेरेसन नेपालले चौथो स्थापना दिवसको अवसरमा रिटर्नी उधमीहरुलाई सम्मानित गरेको छ । काठमाण्डौं थापागाँउमा रहेको केन्द्रीय कार्यलयमा “स्थापना दिवसको विशेष समारोह”को विच सो सम्मान गरिएको हो । सम्मानित भएकाहरुमा कोशी प्रदेशबाट झापाका दिपक चापागाई, बाग्मती प्रदेशबाट दोलखाका ज्ञानु खवास , लुम्बीनी प्रदेशबाट गुल्मीका रविलाल पन्त , गण्डकी प्रदेश नवलपुरका शिव बहादुर केसी…

Read More

एकराज उपाध्यायको अध्यक्षमा रिटर्नी फेडेरेशन बाग्मती प्रदेश कमिटी गठन

काठमाण्डौं ।  रिटर्नी फेडेरेसन नेपालको बाग्मती प्रदेश कमिटीमा एकराज उपाध्यायको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । काठमाण्डौको धुम्बाराहीमा सम्पन्न दोश्रो अधिवेशनबाट गठित कार्यसमितिको उपाध्यक्ष दुर्गादास श्रेष्ठ, उपाध्यक्ष भगवती खतिवडा, सचिव विनोद कार्की, उपसचिव राजु श्रेष्ठ, उपसचिव रोशन कुमार ठकुरी र कोषाध्यक्ष होमप्रसाद लामिछाने रहेका छन । यसैगरी सदस्यहरुमा प्रकाश घिमिरे , लेखराज ढकाल, बाबुराम केसी…

Read More