
ईजरायल र ईरान युद्धमा नेपालीहरुको ज्यानको सुरक्षा गर्न रिर्टनी फेडेरेशनको माग
काठमाडौं, ५ असार । रिटर्नी फेडेरशन नेपालले इजरायल–इरान युद्वको मारमा परेका नेपालीको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । फेडेरेसनका महासचिव खेम कार्कीले विज्ञप्तिमार्फत युद्वरत दुई दुेशमा रहेका नेपालीको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । युद्धको प्रभाव पर्न सक्ने अन्य छिमेकी मुलुकमा रहेका नेपालीहरुको सुरक्षाप्रति समेत आवश्यक सावधानी अपनाई पुर्व तयारी गर्नको लागि फेडेरेशनले…