Fonemoney को हप्तामा २ जनालाई कोरियन १-१ लाख वन  नगद पुरस्कार

१ महिना सम्मको योजना “हरेक हप्ता नगद वर्षा” सार्वजनिक

सोल, दक्षिण कोरिया –
१५ जुलाई २०२५:

कोरियामा रहेका नेपाली प्रवासी कामदारहरूका लागि समर्पित डिजिटल रेमिटेन्स सेवा Fonemoneyले नयाँ योजना 

“हरेक हप्ता नगद वर्षा” सुरु गरेको छ, जसअन्तर्गत प्रयोगकर्ताहरूले प्रत्येक हप्ता १ लाख नगद पुरस्कार जित्ने अवसर 

पाउनेछन्।

१४ जुलाई देखि १३ अगस्ट २०२५ सम्म सञ्चालन हुने यस एक महिने योजनामा, हरेक हप्ता दुईजना भाग्यशाली 

प्रयोगकर्ताहरूले १-१ लाख कोरियन वोन (झण्डै १०,००० नेपाली रुपैयाँ) जित्नेछन्।

योजनामा सहभागी हुनका लागि प्रयोगकर्ताहरूले कोरियाबाट नेपाल पैसा पठाउनुपर्छ, त्यो पनि Fonemoney App मार्फत।

पैसा सिधै बैंक खातामा, क्यास पिकअपहरूमा वा इसेवा वालेटमा पठाउन सकिन्छ, जसले सबैलाई सजिलो र 

पहुँचयुक्त सेवा 

प्रदान गर्दछ।प्रत्येक हप्ता मंगलवार बेलुकी ७ बजे (कोरियन समयअनुसार) Fonemoneyको Facebook 

र TikTok Live मा  विजेताहरूको घोषणा गरिनेछ। न्यूनतम ५०,००० रुपैयाँको कारोबार गरेका प्रयोगकर्ताहरू मात्र पुरस्कारका लागि योग्य मानिनेछन्।“कोरियामा 

काम गरिरहेका नेपाली दाजुभाइको मिहिनेतप्रति हाम्रो सम्मान स्वरूप यो योजना ल्याएका हौं। पैसा पठाउने यात्रामा हामीले सधैं सहजता, भरपर्दोपन र फाइदाजनक अनुभव दिने प्रयास गर्दै आएका छौं,” 

Fonemoneyका मार्केटिङ म्यानेजर राजन अधिकारीले भन्नुभयो।Fonemoneyले प्रयोगकर्ताहरूलाई 

०% सेवा शुल्क, उत्तम दर, र निश्चित सुरक्षा सहितको रेमिटेन्स सुविधा प्रदान गर्दै आएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *