कैलाली र रौतहटमा थप २ जनामा देखियो कोरोना संक्रमण
काठमाडौं– नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। कैलाली र रौतहटमा एक एक जनामा कोरोना देखिएको हो। कैलालीको लम्किचुहा नगरपालिका १ भरुवाकी ६५ वर्षीया महिलामा र रौतहटमा १९ वर्षिय पुरुषमा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयको नियमित कोरोना बिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले संक्रमित महिलालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा…