
आरडिटीको भर पर्दा पुरै गाउँ कोरोना संक्रमित
काठमाडौं । दैलेखको नारायण नगरपालिकामा मात्रै एक सय ९५ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरूमध्ये ८७ जना घरमै छन् । समुदायमा संक्रमण फैलिने जोखिम रहेको भन्दै स्थानीय प्रशासनले शुक्रबारदेखि निषेधाज्ञा जारी गरेको छ । भारतबाट फर्किका स्थानीय बासिन्दालाई व्यवस्थित रूपमा क्वारेन्टाइनमा राखेर स्वास्थ्य जाँच नगर्दा कोरोना संक्रमण फैलिन थालेको हो । जिल्ला सुरक्षा समितिले क्वारेन्टाइनमा बसेकाहरूको आरडिटी परीक्षण…