काठमाण्डौं । चैत्र २१ ।
रिटर्नी फेडेरेसन नेपालले ४३ लाख रिटर्नीहरुलाई सम्बोधन छुट्टै शक्तिशालि सरकारी निकाय हुनेपर्ने सहितको मागँहरु राखेको छ । आज नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष ईश्वर पोखरेललाई भेटी
श्रम मन्त्रालय आन्तरिक रोजगार शाखा अन्र्तगत रिटर्नीहरुलाई हेर्ने छुट्टै डेक्स राख्नुपर्ने लगायतका माँगहरु बुझाएका छन । फेडेरेसनका नव निर्वाचित अध्यक्ष बिनोद भट्टराई सहितको टिमले सो ज्ञापनपत्र बुझाएको हो । सो अवसरमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा रिटर्नी फेडेरेसनका ईन्चार्ज डा. कृष्ण बहादुर केसी , फेडेरेसनका पदाधिकारीहरु उपाध्यक्ष जितेन्द्र बानियाँ , महासचिव खेम कार्की , उपमहासचिव नवराज श्रेष्ठ, सचिव ज्ञान खवासको उपस्थिती रहेको थियो ।
ज्ञापन पत्र बुझ्दै नेता पोखरेलले रिटर्नीहरुको मागँलाई सम्बन्धित निकायसम्म पुर्याउने बचनबद्धता व्यक्त गर्नुभयो । भेटका क्रममा अध्यक्ष भट्टराईले रिटर्नीहरुको ज्ञान , सिप र क्षमतालाई पार्टीले समेत प्रयोग गर्नमा पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
रिटर्नी फेडेरेसनले बुझाएका महत्वपूण माँगहरु यसप्रकार रहेका छन ।
१ सरकारले वैदेशिक रोजगारीमा पठाउने थुप्रै संरचना, नीति, कानुन, नियमहरु छन्, तथ्याङक राखिने गरेको छ । तर रिटर्नीहरुको हकमा यस्तो कुनै व्यवस्था छैन । सरकारको तर्फबाट तत्काल रिटर्नीहरुको व्यवस्थित तथ्याङक संकलन राख्ने व्यवस्था गरियोस् यसका लागि श्रम मन्त्रालय आन्तरिक रोजगार शाखा अन्र्तगत रिटर्नीहरुलाई हर्ने छुट्टै डेक्स हुन आवश्यक छ । रिटर्नीहरुको विस्तृत विवरण सहितको तथ्याङक संकलन गर्ने कार्यक्रममा हामीसँग आबद्ध संस्था रिटर्नी नेटवर्क नेपाल (RNN) लाई पनि समावेश गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
२. उद्यमशिलता सहितको राजनीति रिटर्नी फेडेरेसनको मुलबाटो हो । नेपाल सरकारले यसै वर्ष आन्तरिक रोजगार प्रवद्र्धन दशक घोषणा गरेको र वैदेशिक रोजगारमा रहेका नागरिकहरुलाई स्वदेश फर्काउन उद्यमशिलता प्रबद्र्धनको निमित्त पहल गर्न खोजेको देखिन्छ । तर रिटर्नीहरुको सञ्चालन गर्ने व्यवसायमा निम्न अनुसारको व्यवस्था आवश्यक छ ।
क. स्टार्टअप कर्जामा रिटर्नीहरुलाई प्राथमिकता दिने नीतिगत व्यवस्था गरियोस ।
ख. आर्थिक बर्ष ७५/७६ को बजेटमा रिटर्नीहरुलाई दिइएको सहुलियतपूर्ण कर्जालाई पुनः व्यवस्था गरियोस् ।
ग. रिटर्नीहरुले उद्यम र उत्पादनको लागि आवश्यक मेशिन औजार आयात गर्दा भन्सार छुटको व्यवस्था गरियोस ।
घ. उद्यमशिलता विकासको लागि रिटर्नीहरुलाई उद्यमशिलता विकास तथा वित्तिय अभिमुखिकरणको व्यवस्था गरियोस् ।
३. सामाजिक समायोजन तथा रोजगारी सहजीकरण ः
क. विदेशबाट ज्ञान सीप अनुभव लिएर आएका रिटर्नीहरुलाई राज्यले संचालन गर्ने परियोजनाहरुमा सीप अनुसार दक्ष कामदारको रुपमा समायोजन गरियोस् ।
ख. विदेशबाट विभिन्न कारणले अंग भंग भएर फर्किएका रिटर्नी तथा प्रवासमा मृत्यू भएकाहरुको परिवारलाई रोजगारी, शिक्षा,
स्वास्थ्यमा सरकारले सहुलियतपुर्ण व्यवस्था गरोस् ।
ग. प्रवासमा हिंसामा परि अनिच्छत गर्भधारण गरि जन्मिएका सन्तानलाई आमाको नामबाट नागरिकता प्रदान गर्ने व्यवस्था गरियोस् ।