राष्ट्रिय सभा सदस्य दुर्गा उपाध्यायको निधन

बुटवल, २ फागुन ।

राष्ट्रिय सभाका सदस्य दुर्गा प्रसाद उपाध्यायको निधन भएको छ । केही समय अघिदेखि क्यान्सर रोगका कारण थलिएका उपाध्यायको आज बिहान रुपन्देही जिल्लाको लुम्बिनीस्थित आफ्नै निवासमा निधन भएको हो । बिसं २०२६ सालमा जन्मिएका उपाध्याय २०४६ सालको जनआन्दोलनसँगै नेपाली काँग्रेसको राजनितिमा सक्रिय भएका थिए । स्थानिय निकायको निर्वाचन २०५४ मा साविक मधुवनी गाबिसको उपाध्यक्षमा निर्वाचित भएका उपाध्याय दुई पटक नेपाली काँगे्रसको क्षेत्रिय सभापति, महाधिबेशन प्रतिनिधी र लुम्बिनी बिकास कोषको कार्यकारिणी सदस्य रहेका थिए । बिसं २०७४ सालमा राष्ट्रिय सभामा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भएका ५० बर्षिय उपाध्यायका १ श्रीमती, ३ छोरा र २ छोरी रहेका छन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र संसदमा प्रमुख प्रतिप्रक्ष दलका प्रमुख सचेतक बालकृष्ण खाणले उपाध्यायको निधनले पार्टीलाई ठुलो क्षति भएको भन्दै दुःख ब्यक्त गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *