प्रथम ओखलढुङ्गा महोत्सवमा १५ करोड बढीको कारोबार

ओखलढुङ्गाः प्रथम ओखलढुङ्गा औधोगीक महोत्सवमा १५ करोड बढीको कारोबार भएको छ । ओखलढुङ्गा सदरमुकाममा एघार दिन सम्म सन्चालन भएको प्रथम ओखलढुङ्गा औधोगीक महोत्सवमा १५ करोड बढीको कारोवार भएको हो ।
ओखलढुङ्गा उद्योग बाणिज्य संघ ओखलढुङ्गाको आयोजनामा जिल्ला सदरमुकाममा आयोजना गरीएको पहिलो औद्योगीक मेलामा जिल्लामा उत्पादित घरेलु बस्तुहरुको साथै अन्य स्थानमा उत्पादित बस्तुहरु अवलोकन तथा बिक्रीका लागी राखीएको थियो । एघार दिन सम्म संचालित महोत्सवमा एलाख पचास हजारले अवलोकन गरेको र पन्ध्र करोड बढीको कारोवार भएको उद्योग बाणिज्य संघ ओखलढुङ्गाका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले बताए ।

एक सय पचास स्टल रहेको महोत्सवमा २० करोड सम्मको कारोवार र दुईलाखलाई अवलोकन गराउने लक्ष राखिएको भए पनि बैशाखे झरीका कारण महहोत्सव प्रभावित भएको थियो । जिल्लामा उत्पादित रुम्जाटारको राडीपाखि, मानेभञ्ज्याङ, जिल्ला कारागार र सदरमुकाममा उत्पादीत ढाका, कारागारमा निर्माण गरीएको बाँसका सामाग्रीहरुका साथमा कृषि उपजहरु समेत स्टलमा राखीएको थियो ।
चैत ३० गते रक्षामन्त्री ईश्वर पोख्रेललेबाट उद्घाटन गराइएकाे महोत्सव ११ दिन सम्म चलेको थिायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *