सिओल —
महाविर पुनले नेतृत्व गरेको ‘राष्ट्रिय आविस्कार केन्द्र’कालागि कोरियामा १ करोड ९८ लाख कोरियन वन संकलन गरिएको छ । पुनले केन्द्रकालागि आर्थिक अभाव भएको भन्दै सहयोगको अपिल गरेपछि यहाँका नेपाली अभियान्ताहरुले अर्थ संकलन अभियान सुरु गरेकोमा १ करोड ९८ लाख ४६ हजार ८ सय ६१ कोरियन वन संकलन भएको हो ।
कोरियामा सामाजिक क्षेत्रमा सक्रिय अभियान्ताहरुको समुहले ‘‘राष्ट्रकालागि एक दिन, स्वतन्त्र राष्ट्रिय अभियान’’ सञ्चालन गरेका थिए । उक्त अभियानमा ५ सय ३८ जनाले सहभागिता जनाई सहयोग गरेको अभियानका अभियान्ता सदस्य सन्तोष न्यौपानेले जानकारी दिए ।
संकलित रकम नेपाल सम्म रेमिट्यान्स सेवामा हानपास रेमिटले विना सर्भिस चार्ज सहयोग पुर्याएको न्यौपानेले जानकारी दिए । उक्त रकम नेपालस्थित संचारसंस्थाका प्रतिनिधिहरुको रोहवरमा हस्तान्तरण गरिने उनले बताए ।
उक्त अभियानकालागि कोरियामा शैलेन्द्र प्रधान, हरि कुमार खड्का, डोलिन केसी, सन्तोष न्यौपाने, सन्तोस खड्का , जिवन आचार्य, गुरुदत्त न्यौपाने, पदम राई, हेम पाठक, लालकिसन दिप, कुवेर न्यौपाने, विज्ञान अर्याल, महेन्द्र तामाङ, जगत केसी, कल्याण कट्टेल, ओम काजी श्रेष्ठ, शिभ केरुङ लिम्बु, नविन श्रेष्ठ, सुजन राई, राजाराम सापकोटा र दिनेश शाक्यले अभियान्ताको रुपमा सक्रियता जनाएका थिए ।
महाविर पुनको आविस्कार केन्द्रलाई कोरियाबाट १ करोड ९८ लाख वन सहयोग
