ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले जिल्ला प्रहरी कार्यलयलाई दुई थान अग्नी नियन्त्रण साधन(फाएर एक्सटीङगेसर) हस्तारण गरेको छ । नगरपालिकाको सभाहलमा एक कार्यक्रमका बिच नगरपालिकाले प्रहरीलाइ अग्नी नियन्त्रण साधन हस्तारण गरेकाे हाे ।
अग्नी नियन्त्रणा साधन प्रदान गर्दै नगर उपप्रमुख इच्छा कुमारी गुरुङले जिल्लामा हुने आकस्मिक रुपका आगलागीका घटनालाई तत्काल निणन्त्रण गर्न फाएर एक्सटीङगेस उपयाेगी भएकाे बताइन् । ग्यसको माध्यमबाट स–साना आगलागीका घटनालाई तत्काल नियन्त्रण गर्न सकिने भएकाले अग्नी नियन्त्रण साधन( फाएर एक्सटीङगेसर) बहुउपयोगी हुने गुरुङको भनाई छ । नगरपालिकाले लगभग १५ हजार रुपौया बराबरको दुई वटा अग्नी नियन्त्रण साधन(फाएर एस्टीव्यटर) प्रहरीलाई प्रदान गरेको छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक पुष्पराज मल्लले यस्ता साधनहरु बहुउपयोगी हुने बताउदै जिल्लाका प्रत्यक कार्यलयहरुमा फाएर एस्टीव्यटर आवस्यक रहेको बताए । जिल्ला प्रहरी कार्यलयमा हाल एक वटा मात्रै अग्नी नियन्त्रण साधन रहेकाले नगरपालिकाको सहयोगले थप भएको बताउदै यस्ता साधन छिटो र छरितो भएकाले तत्काल आगोलागी नियन्त्रण गर्न सहज हुने उनकाे भनाइ छ ।
प्रहरी नायब उपरिक्षक मल्लले आगलागीकाको समयमा नगरपालिकाले सुरक्षालाई सम्बोधन गर्दै साधन उपलब्ध गराएकोमा धन्यवाद ब्यक्त गर्दै जिल्लामा हुने आगलागीका घटनालाई नियन्त्रण गर्नमा अग्नी नियन्त्रण साधन( फाएर एक्सटीङगेसर) को अधिकतम सदुपयोग गर्ने बताएका छन्।
पहाडी भुभाग तथा शुख्खा मौषम भएकाले आगलागीका घटना धेरै हुने भन्दै आगोजन्य पदार्थ प्रयोगमा अधिकतम सजकता अपनाउन जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले सर्वसाधारणलाई आग्रह गरेको छ । जिल्लामा सुख्खा मौषममा आगलागीबाट धेरै धनजनको क्षेती हुने गरेको छ