ओखलढुंगाः ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं. २ निसंखेमा आगलागी भएको छ । सिद्धिचरण नगरपालीका वडा नं. २ निवासी तिलक कार्किको घरमा आगलागी भएको हो ।
सोमबार साँझ करीव ७ः३० वजे घरमा आगलागी हुँदा कार्कीको घर जलेर नष्ट भएको छ भने ८ वटा बाख्रा पनि जलेका छन् । प्रहरी चौकी निसंखेका प्रहरी र स्थानीयको प्रयासले आगलागी नियन्त्रण गरीएको भए पनि आगलागीबाट कार्कीको घरमा राखिएको अन्न, लत्ताकपडा देखी लिएर सबै जलेर नष्ट भएको स्थानिय सविन कार्कीले बताए । खरले छाएको छानो र पानीको अभावका कारण घरभित्र रहेका धनमाल केही जोगाउन नसकिएको कार्कीको भनाई छ । आगलागी पछि घर गुमाएका कार्की भने छिमेकीको सरणमा रहेका छन ।
आगलागीबाट अन्दाजी ५ देखी छ लाख बराबरको धनमाल नष्ट भएको स्थानीयले अनुमान लगाए पनि आगो लाग्नको कारण र क्षतिको प्रारम्भिक अनुसन्धान प्रहरीले गरीरहेको घटना स्थलबाट कार्कीले हाम्राे ओखलढुंगालाइ बताए ।