काठमाडौं, ५ असार ।
रिटर्नी फेडेरशन नेपालले इजरायल–इरान युद्वको मारमा परेका नेपालीको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । फेडेरेसनका महासचिव खेम कार्कीले विज्ञप्तिमार्फत युद्वरत दुई दुेशमा रहेका नेपालीको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
युद्धको प्रभाव पर्न सक्ने अन्य छिमेकी मुलुकमा रहेका नेपालीहरुको सुरक्षाप्रति समेत आवश्यक सावधानी अपनाई पुर्व तयारी गर्नको लागि फेडेरेशनले माग गरेको छ ।
केही दिन देखि जारी युद्धमा ईजरायल र ईरानमा रहेका नेपालीहरुको मानवीय सुरक्षामा ध्यान दिई तत्काल विवरण संकलन गरी सुरक्षितरुपमा नेपाल फर्काउन माग गरिएको हो ।
विज्ञप्ति