प्युठान- जिल्लाको बिजुवारमा चौथो सस्करणको स्वर्गद्धारी प्युठान महोत्सव बिहिबारबाट सुरु भएको छ । ‘कृषि पर्यटन र उर्जा तथा औद्योगिक ब्यापार मेला २०७६’ भन्ने मूल नाराका साथ प्युठान उद्योग बाणिज्य संघले महोत्सवको आयोजना गरेको हो । महोत्सव आउँदो फागुन १८ गते सम्म चल्ने छ। प्रदेश नंवर ५ का उद्योग , पर्यटन बन तथा बाताबरण मन्त्री लिला गिरिले महोत्सवको उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दे उहाले महोत्सवले स्थानिय उत्पादनको प्रबर्द्धनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । महोत्सवको बहानामा बाह्यबस्तुको मात्र ब्यापार गर्दा स्थानिय उत्पादन र व्यापारी ओझेल पर्ने उनकाे कथन थियो । निश्चित ब्यक्ति बिशेष समृद्ध हुंदैमा मुलुक समृद्ध बन्न नसक्ने बताउँदै मन्त्री गिरीले समृद्धि प्राप्तीका लागि देशका सवै नागरिक समृद्ध बन्नुपर्ने धारणा ब्यक्त गरे । कुरा र हचुवाको भरमा नभएर तथ्याङ्क र तथ्यका आधारमा अगाडि बढ्न सकेमा मात्र मुलकले परिकल्पना गरेको समृद्धि प्राप्त हुने गिरीको भनाई थियो ।नेपाल समृद्ध बन्नका लागि सवैभन्दा पहिलो शर्त कृषि र कृषिमा आधारित क्षेत्रको विकास गर्नु अपरिहार्य भएकोमा मन्त्री गिरीको जोड रहेको थियो । उहांले कृषि पछि मुलुकमा पर्यटन क्षेत्रनै समृद्धिको आधार भएकोले निजि क्षेत्र तथा ब्यबसायीहरुलाई ढुक्क भएर उद्योग पर्यटन ब्यबसायमा लगानी गर्न आग्रह समेत गरेका थिए । औधोगिक विकास विना मुलुकको समृद्धि सम्भव नभएको भन्दै त्यसका लागि ३ तहका सरकारले औधोगिक बाताबरणको सिर्जना गर्नुपर्ने धारणा मन्त्री गिरीले राख्नु भयो।त्यस्तै, कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य कृष्णध्वज खडकाले प्युठान जिल्ला कृषिमा राम्रो सम्भावना बोकेको क्षेत्र भएकोले यसको प्रबर्द्धनका लागि सवैले जोड दिनुपर्ने उ नकाे भनाई छ।जिल्लाका परम्परागत र सास्कृतिक सम्पदालाई संरक्षण गर्दै स्थानीय स्तरमा उत्पादित सामग्रीलाई मुख्य प्राथमिकता दिदै प्युठानबासिको साझा महोत्सवको रुपामा चिनाउन आग्रह समेत गरेका थिए । महोत्सव मूल आयोजक समितिका संयोजक केदारमान कक्षपतीले जिल्लाको कृषि, पर्यटन, ऊर्जा र औद्योगिक क्षेत्रको प्रवद्र्धन र लगानीमैत्री वातावरणका लागि राज्यको ध्यानार्षण गराउने उद्देश्यले महोत्सव संचालन गरिएको बताए ।स्थानीय कला, संस्कृति र पर्यटकीय क्षेत्रको प्रवद्र्धनका साथै घरेलु उत्पादनलाई बजार सम्म पुर्याउन महोत्सवले महत्वपूर्ण भुमिका खेल्ने उहाले बिश्वास ब्याक्त गरे । कार्यक्रममा जिल्लाको मौलिक कला सस्कृती र भेषभुषा झल्किने झाँकी पनि प्रस्तुत भएका थिए। २ सय ५० वटा व्यापारिक स्टलहरु राखिएको छन । महोत्सवमा ८ करोड बढीको कारोबार हुने र एक लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । बाल उद्यान, कृषि प्रर्दशनी, रमाइलो मेलासँगै प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रर्दशन रहने जनाइएको छ । महोत्सव हेर्नका लागि सर्वसाधारणलाई ७० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । त्यस्तै,जिल्ला सदरमुकाम खलगाँका युवाहरुको पहलमा नयाँ वर्ष २०७७ र नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी वैशाख १, २ र ३ गते ‘मल्लरानी प्रथम पर्यटन महोत्सव’ संचालन समेत हुने भएको छ ।
स्वर्गद्वारी प्युठान महाेत्सव सुरु
