रुपन्देही र नेपालगञ्जमा पनि भेटिए काेराेना संक्रमित

भैरहवा –
प्रदेश ५ का दुई जनामा कोरोना भाईरसको संक्रमण पोजेटिभ देखिएको छ । हाल सम्म कोरोनाको संक्रमण पोजेटिभ हुनबाट जोगिएको प्रदेश ५ मा एकै दिन दुई जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार रुपन्देहीको कोटहीमाई गाँउपालिका एक जना र नेपालगंजका एक जना पुरुषमा कोरोना संक्रमण पोजेटिभि देखिएको हो ।

श्रोतका अनुसार रुपन्देहीको कोटहीमाई गाँउपालिका वडा नम्बर १ सिपवाका २५ बर्षिय युवामा कोरोना देखिएको हो । भारतको दिल्लीबाट बैशाख ५ गते नेपाल आएका ती युवालाई कोटहीमाई ५ स्थित मर्चवार आर्दश माविको भवनमा निर्माण गरिएको क्वारेन्टाईनमा बस्दै आएका थिए ।

उनको थ्रोट स्वाब जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको टोलीले बैशाख १७ गते संकलन गरी काठमाण्डौको केन्द्रिय प्रयोगशालामा पठाईएको थियो । उनलाई अहिले बुटवलस्थित कोरोना बिशेष अस्थायी अस्पतालको आईसोलेसन बार्डमा उपचारका लागि लगिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार रुपन्देही निवासी २५ वर्षका पुरुष र नेपालगञ्जका ६० वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गरे । आज शुक्रबार थप भएका २ जना सहित नेपालमा संक्रमितको संख्या ५९ पुगेको छ । ५९ जनामध्ये १६ जना उपचारपछि निको भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *