यले संवत् ५०७९ उभा‌ैलिको अवसरमा शुभकामना आदनप्रदान

उभा‌ैलि यले संवत् ५०७९ को अवसरमा शुभकामना आदनप्रदान साथमा बनभोज कार्यक्रम सम्पन्न भएको छ । किरात राई यायाक्खा ओखलढुंगाको आयोजनामा समाधिस्थल वाचि डाडामा कार्यक्रम आयोजना गरेको हो । जिल्लामा रहेका किरात राईहरुको वाक्लो उपस्थितिमा आयोजना गरिएको वनभोजमा सिद्दिचरण ११ का वडााध्यक्ष विनोद केसीले किरात संग्राहलय निर्माणमा सहयोग गर्ने वचन बद्दता व्यक्त गरे त्यस्तै नगर वडा नं। ३ का वडा अध्यक्ष रहरमान राईले समाधिस्थलमा विश्रमालय र खानेपानिको व्यवस्था तत्काल गर्ने घोषणा गरे विभिन्न व्यक्तिले यायोक्खाको नामा दिएको १० रोपनिको जग्गामा किरात पार्क र पर्यटकीय आकर्षणका केन्द्रको रुपमा विकास गर्ने योजना रहेको निवर्तमान अध्यक्ष दीपेन्द्र रुम्दालिले सो अवसरमा जानकारी दिए । वनभोजमा निजमति कर्मचारीको तर्फबाट राजेन्द्र राईले किरात राईहरुको वर्तमान अवस्थामा नीति निर्माणमा पहुँच पुग्ने कार्यक्रममा जोड दिनुपर्ने आवश्यकता औल्याए । त्यस्तै, बाहिङ किरात मुलुखिमका पूर्व केन्द्रीय अध्यक्ष जुद्द ढाक्रेले पहिचान लागि एक हुनुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ ओखलढुंगाका सचिव लाक्पा जी शेर्पाले वैचारिक रुपमा जहाँरहेपनि पहिचान र,संस्कृति रक्षा र ईतिहासको निरन्तरताका लागि सबै एक हुन आह्वान गरे । यायोक्खा पूर्व केन्द्रीय उपमहासचिव धिरेन्द्र रुम्दालीले किरात सभ्यता रक्षाका लागि उठ्नु पर्नेमा जोड दिए । अध्यक्ष थगेन्द्र राज राईले किरात प्रदेश स्थापनामा सबै किरातराईहरु एक भएर आन्दोलन गर्नुपर्नेमा जोड दिए ।प्रमुख अतिथि यायोक्खा पूर्व अध्यक्ष बुद्धि ह्वागुँ राईले किरात, सभ्यता, ईतिहास र वर्तमान अवस्थाको बारेमा प्रष्ट्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *