मेलम्चीको पानी असारभित्रै काठमाडौं आउने

काठमाडौं – खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी असारभित्रमा काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी ल्याउने प्रतिबद्धतासहित श्वेतपत्र जारी गरेको छ । खानेपानीमन्त्री बिना मगरले बाँकी काम सम्पन्न गर्दै चालु आर्थिक वर्षभित्रै उपत्यकामा खानेपानी ल्याउने गरी श्वेतपत्र जारी गरेकी हुन् । उनले खानेपानी सबै नागरिकको मौलिक हक भएको भन्दै सरकार उपत्यकावासीलाई चाँडो मेलम्चीको पानी घर–घरमा पु¥याउन प्रतिबद्ध रहेको पनि प्रस्ट पारिन् ।

उपत्यकावासी आशा भरोसा गरेर मेलम्चीलाई लामो समयसम्म कुरेको उनको भनाइ छ । उनले मन्त्रालयको कार्यतालिका अनुसार नै निर्माणको काम तीव्र गतिमा भइरहेको पनि जानकारी दिइन् । १५ महिनामा निर्माण सम्पन्न गर्ने गरी सरकारले गत असोजमा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग सम्झौता गरेको थियो । सिनो हाइड्रोसँग असोज १२ मा सुरुङ निर्माणका लागि र असोज २४ मा हेडबक्स निर्माणको सम्झौता भएको थियो । ‘‘चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले दु्रतगतिमा काम गरिरहेको छ’’ उनले भनिन् ‘‘पटक–पटक पारिएको निराशाको हामी सन्निकटमा रहेका छौँ ।’’

मन्त्रालयका सचिव माधव बेल्वासेले मेलम्चीका बारेमा आम नागरिकमा रहेको भ्रम हटाउन श्वेतपत्र जारी गरिएको जानकारी दिए । मेलम्चीका विषयमा फरक–फरक धारणा आउने भएकाले एउटै कुरा जानकारी गराउन मन्त्रालयले यो काम गरेको उनको भनाइ छ । उनले निर्माण कम्पनीले गरेको सम्झौता अगावै काम सम्पन्न गर्ने भएकाले असार मसान्तसम्म पानी ल्याउने बताए ।

सम्झौता अनुसार सुरुङको काम आगामी असोजसम्म र हेडवक्र्सको काम पुससम्म सम्पन्न गर्ने कार्य तालिका रहेको भए पनि सम्झौता अगावै यी काम सकिने सचिव बेल्वासेले बताए । सुरुङको काम असारमै नसकिए पनि उपत्यकावासीले त्यही समयदेखि खानेपानी पाउने बताए । उनले भने“अस्थायी बाँध बनाएर पानी ल्याउने तयारी गरिएको छ ।”

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीका अनुसार अहिलेसम्म आयोजनाको भौतिक प्रगति ९५।१२ प्रतिशत रहेको छ भने वित्तीय प्रगति ८९।७ प्रतिशत रहेको छ । आयोजनाको १४ वटा गेटमध्ये ९ वटा सम्पन्न भइसकेका छन् भने मुख्य सुरुङको अन्तिम काम ९फिनिसिङ० ६० प्रतिशत सकिएको छ ।

यसैगरी आयोजनाको ३ वटा ‘भेन्ट साफ्टस’ जडान गर्नुपर्नेमा एउटा जडान गरिएको छ । ‘अडिट सुरुङ’ मा अनुगमन उपकरण जडान, प्लानल बोर्ड, सेन्सर, बाल बुसिङ र केवल्सको काम गर्नका लागि सम्झौता भइसकेको समितिका कार्यकारी निर्देशक खत्रीले बताए । खानेपानी काठमाडौँ उपत्यकामा वितरण गर्नु पहिले सुन्दरीजलमा प्रशोधन हुनेछ ।

पानी प्रशोधनका लागि दुई वटा प्रशोधन केन्द्र निर्माण गरिएकोमा दुबै सम्पन्न भइसकेका छन् । यीमध्ये एउटा एशियाली विकास बैंक ९एडीबी० को आर्थिक सहयोगमा र अर्को जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को आर्थिक सहयोगमा निर्माण भएको हो । असार मसान्तसम्म सुरुङको परीक्षण गरिसकेर सञ्चालनमा ल्याइने प्रमुख खत्रीले जानकारी दिए ।

इटालीको निर्माण कम्पनी सिएमसीले काम सम्पन्न नहुँदै छाडेर गएपछि सरकारले नयाँ ठेक्का सम्झौता्मार्फत निर्माण अघि बढाएको थियो । आयोजनाको बाँकी रहेको काम सम्पन्न गर्ने गरी सम्झौता भएकामा उक्त कम्पनीले नियमित रुपमा र पर्याप्त जनशक्ति र उपकरण परिचालन गरेर काम गरिरहेको छ ।
सरकारले चाँडोभन्दा चाँडो निर्माण सम्पन्न गरेर उपत्यकावासीलाई खानेपानी खुवाउने लक्ष्य लिएको छ । कम्पनीलाई चाँडो काम सम्पन्न गर्दा प्रतिदिन ०।१५ प्रतिशतले लाभांस दिने सम्झौतामा उल्लेख छ । आयोजनाका जम्मा कामलाई ‘हेडवर्क’, सुरुङमार्ग र प्रशोधन केन्द्र गरी तीन भागमा विभाजन गरिएको छ । यसमा ‘हेडवर्क’ र सुरुङमार्गको काम सिनो हाइड्रोले गरिरहेको हो ।

आयोजनाको मुख्य सुरुङ खन्ने काम सकिएको छ । दुई प्रशोधन केन्द्रको निर्माण सम्पन्न भइसकेको छ । आयोजनाका लागि आवश्यक भौतिक पूर्वाधारका लागि झण्डै ७० किलोमिटर सडक मर्मत, सम्भार र स्तरोन्नतिको काम सकिएको छ । सुरुङमा माथिबाट खसेर यहाँका संरचनालाई क्षति नपुगोस् भनी २७।५ किलोमटिरमै प्रारम्भिक ‘सपोर्ट’ को काम सकिएको छ ।

झण्डै १ लाख घनमिटर कमजोर चट्टान काटेर फालेर त्यस ठाउँमा कंकिट राख्ने काम सकिएको छ । सुरुङदेखि प्रशोधन केन्द्रसम्म आपूर्ति पाइप जडान भइसकेको छ । निर्माणको काम सम्पन्न हुँदै गर्दा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यन्वयन निर्देशनालयले खानेपानी वितरण र फोहर पानी व्यवस्थापनका लागि आवश्यक संरचना निर्माणलाई अघि बढाएको छ ।

पाइपको जडानको काम झण्डै ९५ प्रतिशत सकिएको छ । उपत्यकाका ४ स्थानमा फोहर पानी प्रशोधन केन्द्रको निर्माण अघि बढेको छ । सरकारको राष्ट्रिय गौरवको आयोजना मेलम्ची सम्पन्न भएपछि दैनिक १७ करोड लिटर पानी काठमाडौँ उपत्यकामा आउने छ ।

काठमाडौँ उपत्यकामा दीर्घकालीन रुपमा खानेपानीका आपूर्ति गर्नका लागि विश्व बैंकको सहयोगमा सन् १९७२ मा पहिलो पटक अध्ययन गरिएको थियो । मेलम्चीबाट खानेपानी ल्याउनका लागि पहिलो पटक २०५३ सालमा मेलम्ची खानेपानी लिमिटेड स्थापना गरिएको थियो ।

रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *