सिओल, बुधवारदेखि विदेशबाट दक्षिण काेरिया प्रवेश गर्ने सबैलाई दुई हप्ता क्वारेण्टाईनमा राखिने भएकाे छ । काेरियाका प्रधानमन्त्री चुङ सिए क्युनले आईतवार साे विषयमा जानकारी दिएका हुन् । यहाँ पहिले देखि बसाेवास गरिरहेका विदेशी वा काेरियाका नागरिक सेल्फ क्वारेण्टाईनमा बस्नु पर्ने र यहाँ भ्रमण भिसामा आउनेहरु सरकारले व्यवस्था गरेकाे क्वारेण्टाईनमा २ हप्ता सम्म अनिवार्य वस्नु पर्ने प्रधानमन्त्रीकाे भनाई छ । सरकारले युराेप र अमेरिकाबाट आउने यात्रुमा विशेष कडाई गर्दै आएकाेमा काेराेनाकाे महामारीले विश्वव्यापी रुप लिएकाले आज बसेकाे मन्त्रिपरिषद्काे वैठकले साे निर्णय गरेकाे याेनहावले लेखेकाे छ । यसअघि सरकारले युराेपबाट काेरिया प्रवेश गर्नेलाई अनिवार्य २ हप्ता आईसाेलेसनमा राख्ने निर्णय गरिसकेकाेमा आजकाे वैठकले अमेरिका सहित सबै मुलुकबाट आउनेलाई कडाई गर्ने निर्णय गरेकाे हाे ।
बुधवारदेखि विदेशबाट दक्षिण काेरिया प्रवेश गर्ने सबैलाई दुई हप्ता क्वारेण्टाईनमा राखिने
