बुटवलमा पक्राऊ पर्यो मोटरसाईकल चोरको संगठित गिरोह

बुटवल—
रुपन्देही प्रहरीले पक्राऊ गरेका मोटरसाईकल चोरी गर्ने संगठित गिरोहलाई मंगलबार सार्वजनिक गरेको छ । रुपन्देहीको बुटवल आसपासका क्षेत्रमा मोटरसाहिकल चोरी गर्ने ६ जना गिरोहलाई प्रहरीले सार्वजनिक गरेको हो ।
उक्त गिरोहले बुटवल तथा तिलोत्तमाका विभिन्न क्षेत्रबाट मोटरसाईकल र स्कुटर चोरी गर्दै आएको प्रहरीको भनाई छ ।
सोमबार बुटवल ११ देविनगरमा रहेको लुम्बिनी आयूर्वेद अस्पताल अगाडीबाट मोटरसाईकल चोरी गर्दै गर्दा उक्त समुहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले जानकारी दिए ।
पक्राऊ पर्नेहरुमा रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १ का दिपक थापा, सुजन थापा र जीवन पुन रहेका छन् ।
त्यस्तै देवदह नगरपालिका वडा नं. ११ का धर्मेन्द्र कहार, लक्ष्मण गिरी र धर्मेन्द्र चमार रहेका छन् । पक्राउ परेका उनीहरुलाई चोरी मुद्धा अन्तर्गत मुद्धा चलाईने प्रहरी नायब उपरिक्षक भट्टराईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *