सिओल —
नेपालमा मृगौला फेल भई आर्थिक अभाव झेलिरहेका नेपालीको सहयोगार्थ कोरियाका नेपालीले राहत कोषको स्थापना गरेका छन् । यहाँ कार्यरत नेपालीले प्रत्यक महिना ५ हजार कोरियन वन जम्मा गर्न सक्नेगरी उक्त कोषको स्थापना गरिएको संयोजक उदय राईले जानकारी दिए ।
कोषमा हाल सम्म २७ जनाले सहभागिता जनाईसकेको र यो संख्या बढ्दै जानेमा विश्वस्त रहेको संयोजक राईले बताए ।
उक्त अभियानमा लाल साउद, मनोज गौतम, मधुसुदन ओझा, किसोर ब्लोन नियोग, किसन गौतम, बैरागी माईला, सरोज केसी, सन्तोष अधिकारी, ओम लाल ओली, निशा लिम्बु, रमा दुलाल, शिव शंकर महतो, सानु लामा, मिन वि.क, राजेन्द्र बेलवासे, प्रविण गिरी, राजेन्द्र दुलाल र अरुण श्रेष्ठ अभियान्ताको रुपमा रहेका छन् ।
उक्त अभियानमा सहभागि हुन चाहने नेपालीहरुले उदय राईको सिनहान बैंकको खाता नम्बर ११०३२८०३७९४२ मा ५ हजार वन जम्मा गर्न सकिने संयोजक राईले बताए ।
संकलित रकम नेपालको पूर्व मेची देखि पश्चिम महाकाली सम्म मृगौला पिडित भई आर्थिक अभावमा तड्पिएका नेपालीलाई सहयोग गरिने बताईएको छ ।
संकलित रकमको पारदर्शिताको विषयमा सम्पुर्ण विवरण सार्वजनिक रुपमा प्रस्तुत गरिने संयोजक राईले बताए ।
पैसाको अभावमा उपचार पाउन नसकेका मृगौला पिडित नेपालीकोलागि कोरियामा गरियो राहतकोष स्थापना
