सौल —
नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले यहाँ क्रियाशिल पत्रकारलाई समाचार लेखेकै भरमा एनआरएनए कोरियाका प्रतिनिधिद्धारा धम्कि दिईएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । संघले मंगलवार एक विज्ञप्ति प्रकाशित गर्दै एनआरएनएका केहि पदाधिकारीले समाचार लेखेकै भरमा पत्रकारलाई सामाजिक संजालमा गालि बेईज्जती गरेको तथा एनआरएनएले प्रकाशित गरेको विज्ञप्तीमा ‘विभिन्न संचार माध्यममा आएका पदाधिकारीको समाचार, लाञ्छाना र आरोपलाई प्रमाणित गर्न पत्राचार गर्ने निर्णय गरियो’ भन्ने वाक्यले वाक स्वतन्त्रताको पक्षमा रहेका हामिलाई झस्काएको छ, भनिएको छ ।
महासंघले पत्रकारलाई धम्की दिने एनआरएनएका पदाधिकारीलाई अविलम्ब कारवाही गर्न संस्था समक्ष आग्रह गरेको छ ।
तर एनआरएनए कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले पत्रकार महासंघ शाखा दक्षिण कोरियाले संस्थासंग प्रतिक्रिया नै नलिई एक पक्षिय रुपमा विज्ञप्ती प्रकाशित गरेको बताएका छन् । ‘‘सामाजिक संजालमा एनआरएनएका प्रतिनिधिहरुले पत्रकारलाई धम्कि दिएको भन्ने कुरा आएपछि हामिले संवन्धित पदाधिकारीलाई बोलाएर स्पष्टिकरण लिएका थियौँ । तर उनिहरुले आफुहरुबाट कुनैपनि ढंगबाट पत्रकारलाई धम्क्याउने कार्य नभएको बताएपछि संबन्धित पत्रकार मार्फत नै प्रमाण मागि दोषि देखिएमा कार्वाही गर्ने निर्णय भएको हो ।’’ सुवेदीले भने । निर्णयको सोहि बुँदालाई बंग्याएर बुझ्नु गलत भएको सुवेदीको भनाई छ ।
आफुहरुलाई धम्कि आएको भनिएका पत्रकारलाई पत्राचार गर्ने तयारी भएको एनआरएनए कोरियाको भनाई छ । पत्रकारलाई धम्कि दिएको प्रमाणित भएमा संस्थाका पदाधिकारीलाई कार्वाहि गरिने सुवेदीको भनाई छ ।
महासंघको विज्ञप्ति-
एनआरएनएको विज्ञप्ति-