दक्षिण कोरिया ।
उदयीमान गायिका जानु पोख्रेलले लोक दोहोरी गितको कोशेली ‘‘कलाकार’’ बजारमा लिएर आएकी छन् ।
पछिल्लो सांगितक बजारमा कलाकारले भोग्नुपरेका पिडालाई समेटेर तयार पारिएको उक्त गितमा अर्घाखाँचीमा जन्मिएकी गायीका पोख्रेल स्वयम र आशिष पाण्डेको शब्द रहेको छ । गितमा गायिका पोख्रेल र अर्घाखाँचीकै उदयीमान कलाकार अर्जुन भुसालको आवाज रहेको छ ।
गितमा संगित संयोजन गायक स्वयम भुसालले गरेका हुन् । कोरोना कहरका कारण गितको म्युजिक भिडियो तयार पार्न नसकिएको बताउँदै कोरोनाको महामारी सकिनासाथ भिडियो पनि तयार पारिने गायिका पोख्लेलले बताईन् ।
गितलाई सुनेर प्रतिक्रिया दिन गायक गायिकाले आग्रह गरेका छन् ।
जानु पोख्रेल र अर्जुन भुसालको आवाजमा ‘‘कलाकार’’ बजारमा
