कोरियामा भिषा अवधि समाप्त हुन लागेका विदेशीको तीन महिना भिसा थपिने

ईपियस र पर्यटक भिसाधारीलाई भने पुरानै नियम
सिओल ।
कोरिया सरकारले कोरोनाका भाईरसका कारण आफ्नो देश फिर्ती हुन नपाएका विदेशीको तीन महिना स्वतह भिषा थप गरिदिने भएको छ । यसरी थप हुने भिषा अन्तर्गत ई—९, ई—१० र पर्यटक भिषामा कोरिया आएकाहरु भने समावेश नरहेको यहाँको अध्यागमन कार्यालयले जनाएको छ ।
कोरियामा रही यहाँको विदेशी परिचयपत्र प्राप्त गरेका विदेशी विद्यार्थी लगायतको हकमा यस्तो व्यवस्था गरिएको कार्यालयको भनाई छ । भिषा अवधि थप गर्नकालागि ज्यपयचभब।नय।पत मा लग ईन गरी दर्ता गर्न सकिने कार्यालयले बताएको छ ।
भिषा अवधि समाप्त हुने चरणमा रहेका ईपियस श्रमिकलाई भने सरकारको यसअघिकै निर्णय अनुसार समस्या परेको खण्डमा बढीमा तीस दिन भिषा अवधी थप गरिँदै आएको कार्यालयको भनाई छ ।
सरकारले यस अघि गत महिना भिषा अवधि थोरै भएका तर कोरोनाका कारण आफ्नो देश फिर्ता हुन नसक्ने विदेशीको सुविधाकालागि बढीमा ५० दिन सम्म भिषा थप गरिदिने निर्णय गरेको थियो । यो अवधिमा १ लाख ३० हजार विदेशीले सो सुविधाको उपयोग गरेको कार्यालयको तथ्याङक छ ।
भिषा अवधी समाप्त हुन लागेका ईपियस श्रमिकले ३० दिन सम्म भिषा अवधि थप गर्दै आएको र नेपालको हकमा नेपाल सरकारले कोरियाबाट नेपाल उडानलाई रोकेकाले सोहि अनुसार भिषा थपिँदै आएको कार्यालयले स्पष्ट पारेको छ ।
ई—९, ई —१० भिषाधारीले आफ्नो देशको सरकारले कोरोना प्रकोपका कारण कोरियाबाट नेपाल फर्किन रोक लगाएको परराष्ट्र मन्त्रालयको पत्रको प्रतिलिपि सहित अध्यागमन कार्यालयमा गई बढीमा ३० दिन भिषा अवधि थप गर्न सकिने र त्यसकालागी सिओल स्थित नेपाली दूतावासले सहयोग गर्दै आएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *