सिओल –
दक्षिण कोरियामा २ दिनमा ७३ जनामा कोरोना संक्रमण देखिएको छ भने संक्रमण कै कारण आज एक जनाको मृत्यु भएको छ ।
संक्रमणका कारण क्विङदाओ डाईनाम अस्पतालमा उपचाररत ६३ वर्षिय पुरुषको मृत्यु भएको अस्तालले पुष्टि गरेको छ ।
यहाँ मंगलवार सम्म ३० जनामा सिमित भाईरस संक्रमणले तीन दिनमा खतराको संकेत देखाएको छ । मंगलवार राजधानी सिओलदेखि ३०० किमी दक्षिण पश्चिमी सहर थेगुमा एकजना ६१ वर्षीया महिलामा संक्रमण देखिएको थियो । त्यस पछिका २ दिनमा विहिवार दिउँसो ४ बजे सम्मको सरकारी तथ्याङक अनुसार कोरियामा भाईरस संक्रमितको संख्या ह्वात्तै बढेर १ सय ४ जना पुगेको छ ।
थेगु स्थित मंगलवार संक्रमण पुष्टि भएकी महिला संक्रमण पछि जति व्यक्तिहरुसँग सम्पर्कमा रहिन ती सबैमा संक्रमण फैलिएको कोरियाको रोग नियन्त्रण विभागको निष्कर्ष छ ।
ती महिला संक्रमण पछि थेगुस्थित सिनचोन चर्चमा २ दिन सम्म गएको र उनैबाट चर्चमा रोग फैलिएको बताईएको छ । चर्चमा जाने ५२ जनालाई कोरोना संक्रमण भएको पुष्टि भईसकेको र लक्षण देखिएका विरामीहरुको संख्या पनि त्यति नै रहेको कोरियाका नेपाली डाक्टर राजेश चन्द्र जोशीले बताए ।
तर ती महिलालाई कहाँबाट संक्रमण भयो भन्ने विषयमा पुष्टि हुन सकेको छैन् ।
कोरियामा ख्यङसान प्रान्तमा संक्रमितको संख्या उच्च रहेको सरकारी तथ्याङक छ ।
थेगुका अस्पतालहरुमा भाईरस परीक्षण गर्न विरामीको चाँप बढेको छ । जाँच गर्न आउने संक्रमितका कारण रोग फैलिने भन्दै थेगुका अधिकांश अस्पतालले आकस्मिक सेवा बन्द गराएका छन् । nepallive
कोरियामा कोरोना: २ दिनमा ७३ जनामा संक्रमण, एकको मृत्यु
