कोरियामा कोरोना- शनिबार साँझसम्ममा ३ को मृत्यु‚ ४ सय ३३ संक्रमित

सिओल– दक्षिण कोरियामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ भने यसबाट ४ सय ३३ जना संक्रमित भएको पुष्टि भएको छ।

शनिबार ख्यङजुमा थप १ जनाकाे मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो।

शुक्रबार साँझसम्म २ सय ४ काे संख्यामा रहेकाेमा शनिबार साँझ ५ बजेसम्म एकैदिन २ सय २९ जना कोरोना संक्रमित बिरामी थपिएकाे काेरियाकाे राेग नियन्त्रण केन्द्रलाई उद्धृत गर्दै काेरियाका नेपाली डाक्टर राजेशचन्द्र जाेशीले जानकारी दिए।

संक्रमित ४ सय ३३ जनामध्ये २ सय ३१ जना थेगुस्थित सिन्छन् चर्चसँग सम्बन्धित रहेकाे केन्द्रकाे भनाइ छ। यसैगरी थेगु सहरबाट मात्रै ३ सय ५२ जना संक्रमित भएको जनाइएको छ।

काेरियामा मंगलबारसम्म ३१ जनाकाे संख्यामा रहेकाे संक्रमितकाे संख्या पछिल्लाे ४ दिनमा ४ सय २ जनाले वृद्वि भएकाे हो।

पछिल्लाे संक्रमण थेगुस्थित सिनछन चर्चबाट फैलिएकाे केन्द्रले जनाएकाे छ।

सरकारले थेगुलगायत थेगु वरिपरीका बासिन्दालाई अत्यावश्यक अवस्था बाहेक बाहिर ननिस्किन अपिल गरेकाे छ।

साथै भाइरसबाट कोरियामा ३ जनाको मृत्यु भइसकेको छ भने अहिलेसम्म विश्वभरिबाट २ हजार ३ सय ६० जनाको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ।

यसैगरी ७७ हजार ७ सय मानिसमा संक्रमण फैलिएको छ। चीनभन्दा बाहिरका देशमा मात्रै सो भाइरसबाट १५ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *