कोरियाका पूर्व राष्ट्रपतिलाई भ्रष्ट्राचार मुद्धामा १७ वर्षको जेल सजाय तोकियो

सिओल,
भ्रष्ट्राचार मुद्धामा कोरियाका पूर्व राष्ट्रपति लि म्युङ वाक लाई १७ वर्षको जेल सजाय सुनाईएको छ । कोरियाको अटोमोवाईल सामसङ कम्पनीको भ्रष्ट्रचार मुद्धामा दोषी ठहर गर्दै बुधवार कोरियाको सउल उच्च अदालतले उक्त सजाय सुनाएको हो ।
अदालतले वाकलाई १० दशमलव ४ मिलियन डलर र अतिरिक्त ८ दशमलव ८ मिलियन अमेरिकि डलर जरिवाना पनि तोकेको छ ।
यस अघि उनलाई तल्लो अदालतले १५ वर्ष भ्रष्ट्राचारमा दोषि ठहर गर्दै १५ वर्षको जेल सजाय सुनाएको थियो । वाक गत वर्ष मार्चमा छुटेका थिए, उच्च अदालतको उक्त सजायको फैसलासँगै आज पुन पक्राऊ परेका छन् ।
कोरियामा भ्रष्ट्राचार मुद्धामै यस अघि अर्की राष्ट्रपति पार्क ग्युन हेईलाई यहाँको अदालतले ३० वर्षको जेल सजाय तोकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *