बुसान-काेरियामा काेराेना संक्रमितकाे संख्यामा ह्वात्तै वृद्वि भएकाे छ । पछिल्लाे ३ दिनकाे अवधिमा मात्र काेरियामा थेगु क्षेत्रमा मात्र ३० जना संक्रमित भेटिएका छन् । मंगलवार देखि बुधवार विहान सम्ममा थेगुमा ३० जना र सउलमा १ जना संकरमित भेटिएकाे काेरायाका डाक्टरहरुकाे संस्था केसीडिसीले जनाएकाे छ । थेगु क्षेत्रमा संक्रमित हुने ३० जना मध्ये २३ जनाले मंगलवार संक्रमित पुष्टि भएकी ३१ आै महिलाबाट संक्रमण सरेकाे बताएका छन् । ३० जना संक्रमित मध्ये ७ जना ख्रयङसानका छन् । थेगुमा याे संख्या बाहेक पनि संक्रमण फैलिएकाे आशंका गरिएका कारण सतर्क रहन यहाँका नेपाली डाक्टर राजेश चन्द्र जाशीले आग्रह गरे । थेगुकाे सिन्छन चर्चमा ९० जनालाई काेराेनाकाे लक्षण देखिएकाे छ । त्यस्तै यङछानमा ४ जनामा चिन्दाेमा २ जनामा ख्यङसानमा २ र सिनछङमा २ जनामा लक्षण देखिएकाे छ । थेगुका अस्पतालहरुमा विरामीकाे चाँप बढी भएकाले विरामीलाई बुसानमा स्थानान्तरण गर्ने तयारी भएकाे जाेशीले बताए । याे सँगै काेरियामा काेराेना संक्रमितकाे संख्या ८२ पुगेकाे छ ।
काेरियामा काेराेना संक्रमितकाे संख्या ह्वात्त्तै बढ्याे, थेगु क्षेत्रमा ३० जना संक्रमित
