साैल –
कोरियामा रहेका नेपाली डाक्टर राजेश चन्द्र जोशीले आफ्नो स्वास्थ्यमा विशेष ख्याल गर्न सुझाव दिनुभएको छ । उहाँले भिडभाडमा सके सम्म नजाने जादाँ मास्क प्रयोग गर्ने , नियमित रुपमा हात धुने, तातो पानी प्रयोग गर्ने , नियमित खानपान गर्ने , यस्तो बेलामा ब्रत नबस्ने , रोग प्रतिरोधी आत्म रक्षा प्रणाली विकास गर्ने जस्ता महत्वपूर्ण सुझावहरु दिनुभएको छ । शुक्रवार काेरियाका नेपालीकाे रेमिट स्टार रेमिट काेराना राेकथामकालागि सचेतना विशेष कार्यक्रममा जाेशीले साे सुझाव दिनुभएकाे हाे ।
हात धुदा ३० सेकेन्ड भन्दा बडि राम्रो संग धारामा धुने, हात आखाँ, नाक , मुखमा नछुने , हाछयू गर्दा बाहुलाले छेकेर मात्र गर्ने , रुघा खोकी र ज्वरो आएको मान्छे संग बच्ने, त्यस्तो व्यक्तिको नजिक नजाने , गर्भवती र महिला र वृद्धले अझ बढि सचेत हुने । आफूलाई रुघा,खोकी लागेको छ भने आफू सचेत हुने यसले अरुलाई सर्न रोक्छ । ज्वरो र खोकी लागेको कोरोनाको शंका लागेमा ज्वरोको औषधी खाएर हेर्ने २÷४ दिनमा सन्चो नभएको अवस्था भो भने नजिकको हेल्थ पोष्ट वा १३३९ मा कल गर्न सकिन्छ ।
एरिया कोड संगै १२० मा कल गरेर कोरियामा जानकारी लिन सकिन्छ । बाहिर जादाँ पनि सम्भव भए आफ्नो सवारी साधन, नभए टयाक्सीमा जाने सकेसम्म सार्वजनीक बसहरु प्रयोग नगर्ने ।
हस्पिटल पुगेपछि डाक्टरको सल्लाह अनुसार गर्नु पर्दछ । केही रुखा खोकीमै कोरोना भनेर डराउनु नपर्ने वहाँको सुझाव थियो रुखा खोकी संगै ज्वरो पनि आउने यसको लक्षण हुन्छ । बृद्ध बृद्ध र बढि उमेरकोलाई चाडो सर्ने र युवा र केटाकेटीलाई असर अलि कम देखिने गरिएको डा. जोशीको अनुभव थियो । भाईरस धेरै घण्टा सम्म बाच्ने हुदा , बाहिर फलाम, काठ, भित्ता, ढोकाका हयाण्डील, भरयांग जस्ता हयाण्डल जस्ता अरुले प्रयोग गर्ने बस्तुबाट बच्ने वा यस्ता कुराहरुको प्रयोग पछि सकेसम्म पहिले हात ,मुख धोईहाल्ने । त्यो हातले सकेसम्म नाक मुखमा नछुने भनेको कारण र नियमित धुनु भएको कारण पनि त्यही हो ।
तातोमा बस्ने तर हयुमिडिटी ४० देखि ६० मा राख्ने , कोठामा वाफयुक्त बनाउन भिजेको ताबेल हरु राख्ने , पुरै डा«ईले पनि असर गर्छ ।
भिटामिन सि ५०० , १००० को यो पानीमा घुल्ने हुदा अलि धेरै हुदा केही हुन्न , मल्टी भिटामिन भिटामिनयुक्त खाना खाने , जिउलाई आराम गर्ने , नियमित ८ घण्टा सुत्ने । गाउँघरमा भन्ने गरिएको बेसार पानी खाने, नाकमा ताेरीकाे तेल लगाउने गर्दा पनि फाईदा नै पुग्ने
यस्तै गरी थेगुका रेष्टुरेन्ट व्यवसायी अर्जुन श्रेष्ठले मास्कको अभाव भएको बताउनु भयो । विभिन्न खाधान्न सामानको मूल्य पनि विगतको दिनमा बढेको , व्यापार व्यवसाय घटनुको साथै थेगुमा चहलपहल निकै घटेको जानकारी दिनुभयो ।
कोरियामा शनिवार विहान सम्म २९३१ सक्रमित सक्रमित संख्या पुगेको कोरियन सञ्चार माध्यम के वि एसले जनाएको छ ।
काेराेनासँग लड्न शारिरीक शक्ति बढाउनुस : डा जाेशी
