साैल –
दक्षिण कोरियामा काम छोडेर नयाँ कामको खोजीमा रहेका कामदारले २ महिना थप पाउने भएका छन । नेपाली दुतावा दक्षिण कोरियाका श्रम सहचारी डिल्लीराम बास्तोलाले
“कोरियामा कोरोना भाईरसको अवस्था” सम्बन्धमा शुक्रबार गरेको विशेष कार्यक्रममा बोल्दै काम छोडेर बसेका सम्पूर्णको लागि २ महिना थप हुने बताएका हुन । यस अनुसार अब ७ दिन समय बाकीले थप २ महिना थप हुदा २ महिना ७ दिन र १ महिना बाँकी हुनेको २ महिना थप्दा ३ महिना समय पाउनेछन ।
कोरियामा कम्पनीबाट पाउने रकम भने कोरियन कम्पनीसंग लिन सामसुङको विमा र टिकटको रकम नेपालबाट पनि पाउन सकिने पनि बास्तोलाले जानकारी दिनुभयो । भाईरसको कारण अनलाईन प्रणालीबाट नै विभिन्न सेवाहरु दिन थालेको हुदा भौतिक उपस्थित हुन जरुरी नरहने पनि बास्तोलाले जानकारी दिनुभयो ।
भाईरसबाट सचेतना जगाउन एन आर एन संग मिलेर कार्यक्रम गर्दै आएको र आफूहरु गम्भीर रहेको उहाँले बताउनुभयो । कोरियामा असहज परिस्थितीरहेपनि कोरियामा आत्तिनु नपर्ने , यहाँको लागि कोरियन सरकारले पनि विशेष ध्यान दिने हुँदा नेपालमा रहेका आफन्तले पनि चिन्ता नगर्न बास्तोलाले अनुरोध गर्नुभयो ।
कोरियन सरकारले दिएको उच्च शतर्कता घोषणा गरेर लागेको हुदा उनीहरु नियमति दिने सूचना पालना गर्ने तर आत्तिनु नपर्ने र सचेतता भने अपनाउनु पर्ने बताउनुभयो ।
काम खोज्ने समय २ महिना थप्ने निर्णयले कोरियाको नेपालीलाई राहतःश्रम सहचारी डिल्लीराम बास्तोला
