रामहरी श्रेष्ठ, ओखलढुंगा । ओखलढुंगा सिड्स व्याङ्कले कृषकहरुलाई ठगी गररे फरार भएको छ । तरकारी खेती तथा पशुपंक्षी ब्यवसाय गर्ने कृषकहरुलाई सहुलियत दिने भनि प्रलोभनमा पारेर कृषकसंग पैसा असुल गरी सञ्चालक फरार भएका हुन् ।
करिब चार महिना अघि मात्रै ओखलढुंगा सदरमुकाममा सञ्चालन भई सेवाको नाममा कृषकहरुसंग पैसा असुल गर्दै आएको व्याङ्क सञ्चालक चम्पादबी गाउँपालिका ६ का सुवास कार्की फरार भएका छन् । कृषकहरुसंग तरकारी खेतीका लागी बिउ बिजन तथा पशुपंक्षी ब्यवसायका लागी बाख्रा तथा कुखराका चल्लाहरु उपल्ब्ध गराउने भन्दै अधिकांश कृषकहरुसंग लाखौ रुपौया ठगी गरेको पाईएको छ ।
व्याङ्कले कृषकहरुलाई प्रलोभनमा पारेर लाखौ रुपौया ठगी गरेको भन्दै दैनिक कृषकहरु जिल्ला प्रहरी कार्यलय धाउन थालेका छन् ।कृषकहरुबाट बिउ बिजन तथा कुखुराका चल्ला उपलब्ध गाराउने भन्दै डिपोजीट रकम असुल गरेर सञ्चालक कार्की फरार भएको ओखलढुगा प्रहरी निरिक्षक राजिव श्रेष्ठले बताए । अहिले व्याङ्कले ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यलय ओखलढुंगामा ५२ जना भन्दै बढी कृषकहरु उजुरी लिएर पुगीसकका छन् । व्याङ्कले अन्य कृषकहरुसंग समेत रकम ठगी गरेको भएपनि प्रहरीमा उजुरी परेको छैन ।
उक्त व्याङ्कबाट ठगीएका अन्य कृषकहरुलाई समेत एकमुष्ट भेला भएर आउन आग्रह गरिएको प्रहरी निरिक्षक श्रेष्ठले बताए । उनिहरुको प्रलोभनमा परेका सबै कृषकहरु जम्मा भएपछि उनिहरुको गुुनासोका आधारमा सञ्चालक बिरुद्ध ठगी मुद्धा अन्तरगको मुद्धा चलाईने प्रहरी निरिक्षक श्रेष्ठको भनाई छ । डिपोजीटका नाममा प्रति कृषकसंग २० हजार रुपौया देखी १ लाख रुपौया सम्म व्याङ्कले ठगी गरेको पाईएको छ । हाल व्याङ्कका सञ्चालक कार्की फरार भएपछी सोही संस्थाका प्राबिधिक र फिल्डमा खटिने कर्मचारी प्रहरीको नियन्त्रणमा रहेका छन् ।
संस्थाका प्राबिधिकले समेत सञ्चालक कार्कीले आफुहरुलाई फसाएको प्रहरीमा बयान दिएका छन् । सिद्धिचरण नगरपालिका ११ का स्थानिय प्रकाश चन्द्र श्रेष्ठले व्याङ्कमार्फत आफुले ५ लाख रुपौया कुखराको दानाका लागी लगानी गरेको बताए । उक्त रकम सनराईज बैङ्कमार्फत उनिहरुको खातामा जम्मा गर्न लगाएको श्रेष्ठले बताए । तर जम्मा गरेको रकम समेत लिएर सञ्चालक फरार भएपछी आफुले लगानी गरेको दाना समेत नपाएको उनको गुनासो छ । व्याङ्कले केही कृषकहरुलाई भने बढेको कुखुरा आफुहरुले उठाउने भन्दै कुखुराका चल्ला तथा दाना बितरण गरेको थियो ।