एकराज उपाध्यायको अध्यक्षमा रिटर्नी फेडेरेशन बाग्मती प्रदेश कमिटी गठन

काठमाण्डौं ।  रिटर्नी फेडेरेसन नेपालको बाग्मती प्रदेश कमिटीमा एकराज उपाध्यायको अध्यक्षतामा कार्यसमिति चयन भएको छ ।

काठमाण्डौको धुम्बाराहीमा सम्पन्न दोश्रो अधिवेशनबाट गठित कार्यसमितिको उपाध्यक्ष दुर्गादास श्रेष्ठ, उपाध्यक्ष भगवती खतिवडा, सचिव विनोद कार्की, उपसचिव राजु श्रेष्ठ, उपसचिव रोशन कुमार ठकुरी र कोषाध्यक्ष होमप्रसाद लामिछाने रहेका छन । यसैगरी सदस्यहरुमा प्रकाश घिमिरे , लेखराज ढकाल, बाबुराम केसी ,सुष्मा थापामगर, हीराचन श्रेष्ठ, जमुना घिमिरे, गुरुदत्त शर्मा, किरण राई, बासुदेव पोखरेल, सानोभाइ नेमा फुकी, भरतप्रसाद पौडेल, भरतराज घले ,विवेक सञ्जेल, बलराम सिञ्जाली, केशव थापा, लक्ष्मण गिरी, शेरबहादुर कार्की, अर्जुन प्रसाद इटनी, सुवास पुडासैनी, उद्धवप्रसाद पौडेल रहेका छन ।

कार्यक्रममा प्रमुख आथिती रिटर्नी फेडेरेसनका केन्द्रीय अध्यक्ष उत्तम अधिकारी तथा प्रमुख वक्ता नेकपा एमालेका केन्द्रीय सदस्य तथा रिटर्नी फेडेरेशन ईन्चार्ज कृष्ण बहादुर केसी , नेकपा एमाले बाग्मती प्रदेश सचिव नवराज सिलवाल लगायत पार्टी तथा रिटर्नी नेताहरुको आथित्यमा कार्यक्रम सम्पन्न भएको हो । बाग्मती प्रदेश पूर्व सचिव ओम चेम्जोंलले संचालन गर्नुभएको कार्यक्रममा पूर्व अध्यक्ष हेम राईको अध्यक्षतामा सम्पन्न भएको हो ।

दोश्रो सत्र अध्यक्ष मण्डलका अध्यक्ष फेडेरेसनका उपाध्यक्ष शालिकराम बस्याल रहनु भएको थियो पूर्व अध्यक्ष हेम राईले ७ बुदे घोषणा पत्र गर्नुभएको छ ।

घोषणापत्रमा

आगामी बर्षमा १० हजार सदस्य विस्तार गर्ने लक्ष्य सहितको घोषण पत्र जारी गरेको छ । यसैगरी संगठनले लिएको उद्यमशीलता सहितको राजनीतिको मूलबाटो कार्यान्वयनका लागि संगठनले अघि बढाएको नवयुग ईन्भेष्टमेन्ट कम्पनी लि। मा आगामी पौष मसान्त सम्ममा कम्तिमा २५० जनालाई बागमती प्रदेशबाट लगानीकर्ताका रुपमा सहभागी गराउने प्रतिवद्धता गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *