काठमाडौं– अमेरिकन आइडलको आइतबारबाट सुरु भएको २०२० को सिजनमा नेपाली मूलका गायक दिवेस पोखरेलले अडिसन राउन्ड पार गरेका छन्।
आर एण्ड बी लिजेन्ड लियोनेल रिचि, पप स्टार केटी पेरी र गायक ल्युक ब्रायनको जज प्यानलले पोखरेललाई अर्को चरणका लागि छनोट गरेको हो। स्टेजमा आफ्नो नाम आर्थर गन रहेको बताउने दिवेस हाल कान्सासको विसितामा बस्छन्। काठमाडाैंमा जन्मिएर हाइस्कुल पास गरेका दिवेस त्यसपछि अभिभावकका साथ अमेरिका गएका थिए।
प्रस्तुतिका क्रममा दिवेसले सुरुमा बब डाइलानको गीत ‘गर्ल फ्रम नर्थ कन्ट्री’ गाएका थिए।
त्यसपछि उनले निर्णायकको आग्रहमो ‘हायभ यु इभर सिन दि रेन’ गाए, जसलाई निर्णायकहरुले प्रशंसा गरे। त्यसपछि निर्णायक रिचिले हामीलाइ तिमीजस्तै चाहिएको छ भन्दै हलिउडका लागि आमन्त्रण गरे।