
गुल्मीकाे सत्यवतीमा ३ जनामा काेराेना आरडिटी पाेजेटिभ देखियाे, पिसिआरकाे रिपाेर्ट आउन बाँकी
सत्यवती- गुल्मीकाे सत्यवतीमा ३ जनाकाे काेराेना आरडिटि परिक्षण पाेजेटिभ देखिएकाे छ । भारतबाट आई क्वारेण्टाईनमा बसेका उनिहरुकाे परिक्षण गर्दा आरडिटि पाेजेटिभ देखिएकाे सत्यवती गाउँपालिकाका जनस्वास्थ्य अधिकृत सूर्य रानाले जानकारी दिनुभयो । उनिहरु मचाकाेट आधारभूत बिधालयको क्वाँरेनटाइनमा बसेका थिए। पिसिआर रिपाेर्ट अब एक हप्ता भित्र आऊने बताईएकाे छ ।