ः
जितेन्द्र बानियाँ ,
रिटर्नीलाई प्राथमिकता दिनुपर्ने विषयहरुमा ध्यानाकर्षण
बिचार फरक हुनु भनेको विरोधी हुनु होइन। दृष्टिकोण फरक हुनु हो सरकारका तत्कालिन १०० काममध्ये अधिकांश सकारात्मक छन् र ती प्रभावकारी रूपमा कार्यान्वयन हुन सके प्रशासनिक सुधारको स्पष्ट आधार तयार हुन्छ।
तर, प्रवासी नेपाली र रिटर्नी समुदायसँग सम्बन्धित केही अत्यन्त महत्वपूर्ण विषयहरू ती १०० कामभित्र समेटिनु पर्ने बिषय नसमेटिनु दुःखद छ ।

प्रवासमा आर्जित पूँजी, प्रविधि र अनुभवलाई स्वदेश फर्किएका नेपालीहरूको सीपसँग जोडेर उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु आजको अपरिहार्य आवश्यकता हो।
यस सन्दर्भमा ध्यानाकर्षण गराउन चाहन्छुः– रिटर्नी नेपालीहरूको व्यवस्थित डाटा संकलन गरी नीति निर्माणमा समावेश गरियोस्
– “रिटर्नी हेल्प डेस्क” स्थापना गरी पुनःस्थापना र उद्यमशीलता सहज बनाइयोस्
– प्रवासी पूँजीलाई उत्पादन र उद्योगमा आकर्षित गर्ने स्पष्ट तथा प्रोत्साहनमूलक नीति ल्याइयोस्
– पासपोर्ट, श्रम स्वीकृति, बीमा लगायतका सेवाहरू सरल, पारदर्शी र पूर्ण रूपमा डिजिटल बनाइयोस्
– सीप, अनुभव र प्रविधि हस्तान्तरणलाई संस्थागत गरियोस्
– प्रवासमा काम गर्ने नेपालीहरू दुर्घटना, मृत्यु, घाइते वा अपाङ्ग हुने जस्ता गम्भीर समस्याबाट प्रभावित भइरहेका छन्।
पीडित र उनीहरूको परिवारका लागि प्रभावकारी राहत, बीमा दाबी प्रक्रिया र पुनःस्थापना कार्यक्रमलाई छिटो, सरल र न्यायोचित बनाइयोस्
– वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सुरक्षा, कानुनी संरक्षण र निगरानी प्रणाली थप सुदृढ गरियोस्
यी विषयहरू तत्कालिन १०० कामभित्र समेटिनु पर्ने बिषयहरु थिय साथै दीर्घकालीन रूपमा नीतिगत सुधार जस्को सुझाव नितिगत तहमै राख्ने र आवश्यक सहकार्य हुनेनै छ यसका लागि सरकार, निजी क्षेत्र र प्रवासी÷रिटर्नी समुदायबीच सहकार्य, समन्वय र संवाद अझ मजबुत बनाउन जरुरी छ।
प्रवासी नेपालीहरू केवल रेमिटेन्सको स्रोत होइनन्—उनीहरू राष्ट्र निर्माणका महत्वपूर्ण साझेदार हुन्। उनीहरूको सीप, पूँजी र अनुभवलाई सही ढंगले उपयोग गर्न सके समृद्ध नेपालको यात्रा अझ तीव्र हुनेछ।
समयमै यस्ता विषयहरूलाई प्राथमिकतामा राखी कार्यान्वयनमा ल्याउन सरकारलाई ध्यानाकर्षण गराउन चाहान्छु
(जितेन्द्र बानिया रिटर्नी फेडेरेसन नेपालका उपाध्यक्ष हुन । )