जितेन्द्र बानियाँ , उपाध्यक्ष आरएफएन
काठमाण्डौं । चैत्र ७ ।
रिटर्नी फेडेरेसनका नेपालको उपाध्यक्ष जितेन्द्र बानियाले सुहांग नेम्हांगलाई संसदीय दलको नेताको रुपमा अघि सार्नुपर्ने बताएका छन । सामाजिक संजालमा आफ्नो विचार राख्दैनेकपा एमालेको जनसंगठन रिटर्नी फेडेरेसनका उपाध्यक्ष रहेका बानियाले “भविष्यको निर्माणतर्फ अग्रसर हुदैं युवा नेतृत्वलाई अवसर दिनुपर्छ” लेखेका छन । समयअनुसार नेतृत्वमा नयाँ सोच , उर्जा र दृष्टिकोण आवश्यक पर्छ भन्दै उनले पुराना उपलब्धीहरुलाई सम्मान गर्दे अव भविष्य निर्माण गर्ने जिम्मेवारी नयाँ पुस्तामा हस्तान्तरण गर्नु अपरिहार्य बनेको भनेका छन ।
फेसबुक वालबाट
