काठमाडौं- साझा पार्टीले धर्म निरपेक्षता र संघियताका बारेमा जनमत संग्रहको पक्षमा उभिने निर्णय गरेको छ। पार्टिकाे लुम्बिनीमा सम्पन्न राष्ट्रिय भेलाले जारी गरेको घोषणापत्रमा जनमत सङ्ग्रह लोकतन्त्रको सबैभन्दा विशिष्ट अभिव्यक्ति भएको उल्लेख गर्दै देशको दूरगामी भविष्यमा असर पार्ने विषयहरूमा सुसंस्कृत लोकतन्त्र भएका देशहरूमा जनमत संग्रह गरिने उल्लेख छ।
‘जनमत सङ्ग्रहको निर्णय पार्टीको नेतृत्व, महाधिवेशन तथा आवधिक निर्वाचनले दिने निर्णयभन्दा धेरै शक्तिशाली र परिवर्तनकारी मानिन्छ। नेपालको हकमा बढ्दोरूपमा विवादित बन्दै गएको र दीर्घकालसम्म देशलाई असर गर्ने दुई विषय ‘धर्मनिरपेक्षता र सङ्घीयता’बारे अब उप्रान्त हामी जनमत सङ्ग्रहको पक्षमा उभिनेछौँ,’ घोषणापत्रमा भनिएको छ।
पार्टीको केन्द्रीय समितिको पुनर्संरचना गर्ने र २०७८ साल जेठ १५, १६ र १७ गते महाधिवेशन गर्ने उल्लेख छ। नेपाल लाईभ