कुखुराका चल्ला बरामद पछि नष्ट

ओखलढुंगाः ओखलढुंगा प्रहरीले भारतबाट अबैध रुपमा ल्याउदै गरेका चार सयवटा कुखुराको चल्ला बरामद गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यलय ओखलढुंगाको टोलीले आईतबार बेलुका गाडी चेक गर्ने क्रममा ओलढुंगा तथ सोलुखुम्वु ल्याउदै गरको अवस्थामा चल्ला बरामद गरेको हो ।
क्वारेन्टाईन चेक नगरेका अबैध चल्ला जिल्ला भित्रदै गरेको सुचनाका आधारमा जिल्ला ट्राफिक प्रहरीले सदरमुकामको मिलनचोक चेकपोष्मा गाडी चेक गर्ने क्रममा बरामद गरेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरीक्षक राजिव श्रेष्ठले बताए ।
बिराटनगरबाट सोलुखुम्वुको लागी आएको वसमा बेवारीसे अवस्थामा राखिएको चल्ला देखेपछि प्रहरीले सदरमुकामको मिलनचोक चेकपोष्टमा चल्ला वरामद गरेको थियो भने चल्ला ल्याउने ब्यक्ति भने फरार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती ब्रोइलर कुखुराका चल्ला किसानलाई ठगी गर्ने उद्देश्का साथ ल्याइएको हुन सक्ने र प्रहरीको आँखा छली ग्रामीण भेगका किसानलाई सस्तोमा चल्ला दिने भन्दै कम तौल र अस्वस्थ चल्लाहरू अनाधिकृत रुपमा ल्याइ बेची ठगी गर्ने गरेको छ ।
अबैद रुपमा क्वारेन्टाईन चेक नगरिएका कुखुराका चल्ला तथा अण्डाहरु प्रहरीले बरामद गर्ने गरेको छ । बरामद गरिएका चल्ला सरोकारवालाको रोहबरमा नष्ट गरिएको छ । उक्त चल्ला भारतबाट सिराहाका लागी ल्याईएको र त्यहाँबाट बिक्रिबितरणका लागी ओखलढुंगा ल्याएको प्रहरीको अनुमान छ । हाल नेपालमा भारतबाट पन्छी जन्य बस्तु तथा अण्डा ल्याउन प्रतिबन्ध छ । तर तस्करीहरुले चोरी निकासी गर्दै भारतबाट चल्ला तथा अण्डाहरु नेपालका विभिन्न शहरहरुमा पु¥याउदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *