एनआरएनए काेरियाद्वारा विभिन्न समितिमा पदाधिकारी मनाेनयन

सौल ।
गैर आवाशिय नेपाली संघ दक्षिण कोरियाले विभिन्न समितीमा १४ जनालाई मनोनित गरेको छ । संघको आईतवार सम्पन्न चौथो वैठकले संरक्षक समिती, सल्लाहकार समिती र व्यवस्थापन समितीमा पदाधिकारीहरु मनोनित गरेको संघद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
संघको संरक्षक समितीमा रुद्र शर्माको संयोजकत्वमा कृष्ण प्रसाद सिटौला र विनोद कुँवरलाई मनोनयन गरिएको छ । त्यस्तै सल्लाहकार समितीमा राजु क्षेत्री, जुनु गुरुङ, प्रकाश धमला र लोचन राई मनोनित भएका छन् । सल्लाहकार समितिका मनाेनित सदस्यहरुले आपसी समझदारीमा संयाेजक ताेक्न सक्ने गरी निर्णय भएकाे बताईएकाे छ । उक्त समितिमा पदाधिकारी थप गर्न पनि सकिने निर्णय भएकाे   संघका अध्यक्ष यज्ञराज सुवेदीले जानकारी दिए । त्यस्तै   संघको व्यवस्थापन समितीमा बुद्धि गुरुङको संयोजकत्वमा कुसाङ्ग शेर्पा लामा, जीवन थापा, जग्नानाथ ओली, भिम गुरुङ, आर पी देवकोटा र गम्भीरमान श्रेष्ठलाई मनोनयन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *