हवाई सेवा अप्रिल १५ सम्म बन्द

काठमाडौं- सरकारले अप्रिल १५ सम्म हवाई सेवा स्थगित गर्ने निर्णय गरेको छ। कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले अप्रिल २५ सम्म हवाइ सेवा स्थगित गर्ने निर्णय गरेको हो। यस्तै समितिले भारत-नेपाल सीमामा अलपत्र नेपालीलाई भने नेपाल प्रवेश गर्न दिने समेत निर्णय गरेको छ।
‘अप्रिल १५  सम्म मुख्य हवाइ सेवा स्थगित गर्ने निर्णय भएको छ,’ बैठकपछि समितिका सदस्यले पत्रकारसमक्ष भने। उनले लकडाउन थप गर्ने विषयमा भने सिफारिस गरिएको तर कहिलेसम्म जारी राख्ने गरिएको भन्ने विषयमा भने खुलाउन चाहेनन्।

‘भारतमा लक डाउन भएकाले भिन्न रुपमा जान नसकिने भएकाले अवधि कहिलेसम्म भन्ने मन्त्रिपरिषद्ले तय गर्छ। निश्चित समय तोकिएको छैन। बढाउन सिफारिस मात्र गरेका छौं,’ उनले भने।

आइतबारै बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउन थपबारे निर्णय गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *