सेनाले रिहर्सल गर्दा उडान प्रभावित, नेपाल एअरलाइन्सको जहाज दिल्ली फर्कियो

काठमाण्डौ – शिवरात्रीको लागि नेपाली सेनाले रिहर्सल गर्दा नेपाली आकाशको उडान अस्तव्यस्त भएको छ ।

शिवरात्रीको लागि नेपाली सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकप्टर र जहाज उडाउने र विभिन्न खेल देखाउनको लागि मंगलबार रिहर्सल गरेको थियो ।

यसकै कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा दर्जनौ‌ँ जहाज आकाशमै घुम्नुपरेको छ । नेपाल एअरलाइन्सको दिल्लीबाट आएको जहाज दिल्ली नै डाइभर्ट भएको त्रिभुवन विमानस्थलले जनाएको छ ।

घन्टौँसम्म आकाशमा जहाज होल्ड हुँदा यात्रुले आक्रोश पोखेका छन् । तर विमानस्थलले भने जारी गरेको नोटामको उल्लंघन गर्न खोज्दा जहाज घुम्नुपरेको र यात्रुले दुख पाउनुपरेकाे जनाएकाे छ ।

‘हामीले १ बजेर ४० मिनेटदेखि ४ बजेर १८ मिनेटसम्म नोटाम जारी गरेका थियौँ, हवाई कम्पनीले त्यसैअनुसार तालिका मिलाउनुपर्नेमा नमिलाएकै कारण दुस्ख पाउनुपर्‍यो, यसमा हाम्रो कमजोरी छैन’, विमानस्थल स्रोतले भन्याे ।

# स्राेत उज्यालाे अनलाईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *