ओखलढुंगाःओखलढुंगाको सुनकोशी गाउँपालिकाको मुलखर्कमा एकदिने आँखा र दाँत शिवीर सम्पन्न भएको छ । सुनकोशी गाउँपालिका वडा नं. ५ मुलखर्क, सामुदायिक आँखाकेन्द्र ओखलढुंगा र ओखलढुंगा डेण्टल केयरको आयोजनामा मुलखर्कमा शिविर सम्पन्न भएको हो ।
शिबिरमा सुनकोशी गाउँपालीका र चम्पादेवी गाउँपालिकाका २ सय ४० जनाले आँखा जाँच गराएका थिए भने ५९ जनाले दन्त सेवा लिएका थिए । २ सय ४० मध्ये २९ जनालाई ओखलढुंगामा चैत २५ र २६ गते हुने आँखा शिबिरमा अप्रेसनको लागी छनोट गरीएको छ । शिबिरमा २१ जनालाई चस्मा दिएकोमा १३ जना जेष्ठ नागरिकलाइ वडा नं. ५ ले नि शुल्क चस्मा बितरण गरेको थियो । शिबिरबाट अप्रेशनका लागी छनौट गरीएकालाई ओखलढुंगामा हुने शिविरमा जान आउन गाडी भाडा र अप्रेसन शुल्क वडा नं. ५ ले ब्यवस्था गर्ने वडा अध्यक्ष गोबिन्द तामाङ्गले बताए । डाक्टरले सिफारीस गरेका दलित, जेष्ठ नागरीक, द्धन्द्ध पिडीत तथा शहिद परिवारलाई वडा कार्यालयले यो ब्यवस्था गर्ने उनको भनाई छ ।
सुनकोशी गाउँपालिका वडा नं. ५,सामुदायिक आखा केन्द्र ओखलढुंगा र ओखलढुंगा डेन्ट्ल केयर को सयुक्त आयोजनामा भएको शिविरमा शिबिरमा ९७ बर्षिय चिनीमाया तामाङले आफ्नो गाउँमा सेवा पाउँदा जनप्रतिनिधि तथा आयोजकलाई धन्यवाद दिदै खुसी ब्यक्त गरेकी छन् । गाउँमा यो सेवा पाउदा सम्पुर्ण सेवाग्राहीहरु खुसीले हर्सित भएका छन् ।