संघीय समाजवादी फाेरम नेपाल ओखलढुंगाकाे अध्यक्षमा नेत्रबहादुर नेम्वाङ चयन भएका छन् । नेम्बाङकाे अध्यक्षतामा २१ सदस्यीय जिल्ला समन्वय समिति गठन भएकाे हाे ।
नेम्वाङ यसअघि जिल्ला उपसचिव र संघीय खेलकुद महासंघका केन्द्रीय अध्यक्षकाे जम्मेवारीमा थिए । सदरमुकाममा आयाेजित भेलाले आगमि वैशाख १५ र १६ गते विराटनगरमा हुने प्रदेश नम्बर १ काे प्रथम अधिवेशनमा सहभागी हुन ९ जना प्रतिनिधिहरु समेत चयन गरेकाे संघीय प्रेस फाेरमका उपाध्यक्ष कुल बहादुर तामाङले जानकारी दिए । भेलामा अध्यक्ष धिरेन्द्र रुम्दालीले जिल्ला पार्टिकाे राजनीितक र सांगठनिक प्रतिवेदन पेश गरेका थिए भने सचिव प्रकाश तामाङले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
जिल्ला समितिका अध्यक्ष रुम्दालिकाे अध्यक्षतामा भएकाे भेला वैकल्पिक केन्द्रीय सदस्य नवराज गुरुङकाे प्रमुख आतिथ्यमा भएकाे थियाे ।