रुपन्देहीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

लुम्बिनी—

रुपन्देहीमा टिप्परको ठक्करबाट मंगलबार मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मायादेवी गाउँपालिका २ का रमेश लोध रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको लु १ ख ३३१४ नम्बरको टिप्परले सोही दिशातर्फ जाँदै गरेको लु २ प १८७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीको भनाई छ ।
मोटरसाइकललाई ठक्कर दिने टिप्पर चालक फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । मृतक लोधको शव पोष्टमार्टमको लागि भैरहवास्थित भिम अस्पताल पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *