रुकुम घटनाकाे समाचार पढेर काेरियालीकाे टिप्पणी

कानुनी राज्यकै खिल्ली उडाएर जातिय विभेदका कारण रुकुमको चौरजहारी घटनाले यतिबेला नेपाल तातिरहेको बेला कोरियाली राष्ट्रिय स्तरको मिडियाले कभर गरेपछि रुकुम घटनाले कोरियाली जनताहरुलाई आश्चर्य चकित बनाएको छ । यो न्युज कोरियाको सामाजिक संजालमा भाईरल बनेको छ । न्युज पोर्टलको उक्त साईटमा लाखौंले हेरेका छन भने हजारौंले प्रतिक्रिया जनाएका छन । उक्त न्युज पोर्टलले “अन्तरजातिय बिबाह गर्न खोज्दा ६ जना दलितहरुलाई नदिमा खसालेर मारियो ” भन्ने शीर्षक राखेको छ भने सिधै तल लेखिएको छ “दलित युवाहरुको दु:खद निधन” । उपल्लो जातको केटीसँग तल्लो (दलित )जातको केटाले प्रेम बिबाह गर्न खोज्दा दलित युवासहित ६ जनालाई गाउँलेले कुटेर खोलामा बगाईदिएको स्पष्ट लेखेको छ ।

त्यसको अलवा हिन्दु धर्मले गरेको जात ब्यबस्थामा ब्राह्मण ,क्षेत्री ,वैश्य ,शुद्रको तथा दलित बिचको अन्तरसम्बन्ध बिच पनि खुलाएको यस समाचारमा हजारौंले कमेट गरेका छन कमेन्टहरुमा धेरैले तिनिहरु मानिस नै नभएको तथा असभ्य जन्तुहरुसंङ्ग तुलना गरेका छन भने कतिपयले नेपालमा एक सभ्य समाज र मिलनसार मानिसको रुपमा लिएको तर ठिक उल्टो देखिएकोमा दुख ब्यक्त गर्नुका साथै मान्छे मान्छे बिच पनि यस्तो विभेद ?भनेर आश्चर्य प्रकट गरेका छन । “यस पृथ्वीमा बस्ने मानिसहरु सबै एकै श्रेणिका हुन र भोलि अक्सिजन बन्द भयो भने सबै एकै ठाउँमा जाने हो “अंश प्रतिक्रियालाई धेरैले मन पराएका छन ।

अर्का एक जनाले भनेका छन “नेपाललाई मैले एक निश्चल प्राकृतिक सभ्यताको अनुपम देश भनेर बुझेको थिए तर यो देश त दयनिय देश रहेछ । एउटै मान्छे बिच पनि बर्ग कहाँ छ ? ” एक जनाले यतिसम्म लेखे कि ” म नेपालमा ६ बर्ष देखि बसोबास गर्दैछु । मानिस मानिस एक हुन भनेर धेरै राष्ट्रिय संघ संस्थाहरु यस कार्यका लागि सहयोग गरिरहेछन तर पनि यहाँका मानिसहरुलाई बुझाउन निकै कठिन छ स्विकार्न सक्दैनन । उनिहरुले बिदेशिहरुलाई पनि दलितको जस्तै व्यवहार गर्छन । भाग्यबस दलितहरुसंग सीप छ र जीवन चलाईरहेका छन । हो देश जत्तिको पीडित देश सायदै संसारमा छ होला । हामीले सहयोग गर्यौं भने तिनिहरुले पनि सहयोग गरे जस्तो गर्छन ।

तर भिखारी पनि देशको एक सिपाही हो जसले देशको लागि आफ्नो काँध थापिदिन सक्छ भन्ने कुरा यहाँका मान्छेले बुझ्दैनन र बुझ्ने वाला पनि छैनन। केहिले लेखेका छन “नेपाल जातलब्यबस्थाले गर्दा नै बिकास हुनबाट पिछडिएको छ अझै धेरै बर्बाद हुनेछ” । नेपाल भ्रमण गरेर फर्केका एक जनाले लेखेका छन “नेपाल घुम्न जानुभयो भने तपाई धेरै शताब्दी अगाडिको अनुभुती गर्न पाउनुहुनेछ कुनै किताब पढनै पर्दैन । ” अर्का एक जना भन्छन वास्तबमै यो एक अबिकसित देश हो मैले लामो समय नेपालमा बिताएको छु केही बच्चाहरु सडकमा दिसापिसाब गर्न बाध्य भएकोले मरिरहेका छन । यो देखेर म लामो समय कोठामै रोएर बिताएको थिएँ ।” त्यसैगरी अर्का एक जना लेख्छन हाँस्दै कुकुरहरु लागी रहेको छ यी मानिस नै होईनन । यस्तो देश जहाँ मान्छेहरु बाँच्न पाउदैनन । कसरी बुद्दको देश भनेर भन्नू पागलहरुको देश ।

कोरियनहरुले देशमाथी नै खिल्ली उढाईरहेका छन यसको मतलब अन्तर्राष्ट्रिय स्तरमा हामीहरु मानिसको रुपमा कसरी मुख देखाउन सकिरहेका छौँ ? एक जना कोरियन सँग बिबाह गरेर लामो समय नेपालीहरुको सेवामा लागीरहनुभएकी दिदिले मलाई मेसेज गर्दै उहाँको कान्छी छोरीले यस्तो न्युज हेरेपछी उहाँसंङ धेरै प्रश्न गरिछन यसरी दुखेसो पोख्नुभयो ” तपाईले कोरियन नागरिक सँग बिहे गर्दा तपाईको समाजले के हि भनेनन ? उहाँको कान्छी छोरी बिद्यालयमा छात्रा अध्यक्ष भएकोले नेपालको बारेमा साथीहरुलाई बुद्ध जन्मेको देश , सगरमाथामा भएको देश ,मेरो आमा भएको देश भनेर गर्व गर्थिन रे अब साथीहरूले के भन्ने होलान भन्ने पिर लागिरहेछ रे ” ।

एक जना साथिको कम्पनिको साहुले समाचार देखेर नेपाली कामदारलाई सोधेछ -“तिमिहरुको देशमा मान्छेले मान्छेलाई मान्छे मान्दैनन रे , हो र ? उसले बुझे पनि नबुझे जस्तो गर्यो रे । भोलि कति साथिहरुले यो प्रश्नको सामना गर्नुपर्नेछ । देशको र आफ्नै बेइज्जत हुने यस्ता घटनाहरुलाई सत प्रतिशत निर्मुल पार्नको लागि हामी युवाहरु एक हुनुको बिकल्प छैन । लाखाैँ साथिहरु एक जुट भएर लागौं समस्या हाम्रै पालामा समाप्त हुन्छ । एउटा इतिहास बन्नेछ । यसको नेतृत्व गैरदलितले लिनु आवश्यक छ यसले छिटो परिवर्तनको आभास दिलाउछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *