रिटर्नी फेडेरेसनद्वारा इन्भेस्टमेन्ट कम्पनी घोषणा, ५ बर्षभित्र २५ अर्ब लगानी जुटाउने

काठमाडौं । रिटर्नी फेडेरेसन नेपालले सामुहिक उद्यमशीलताका लागि पब्लिक लिमिटेड इन्भेष्टमेन्ट कम्पनी घोषणा गरेको छ ।
राजधानीमा आयोजित एक कार्यक्रमका बीच इन्भेस्टमेन्ट कम्पनी लिमिटेड घोषणा गरिएको हो ।
पहिलो बर्ष १६०० लगानीकर्ताबाट ३६ करोड लगानी संकलन र ५ बर्षभित्र २५ अर्बसम्मको लगानी जुटाउने गरी उक्त इन्भेस्टमेन्ट कम्पनी घोषणा भएको कार्यक्रममा जानकारी दिइयो ।
उक्त कम्पनीको सञ्चालकहरुमा घनश्याम पाण्डे, राजन श्रेष्ठ, डा. शालिग्राम बसेल, एकराज सापकोटा, शुबेक्षा म्याङ्बो, सन्तोष दाहाल, जेपी सापकोटा र मोहम्मद एकवाल रहेका छन् ।
पुस १५, २०८१,

Leave a Reply

Your email address will not be published. Required fields are marked *