चैत १६,
काठमाडौं । रिटर्नी फेडेरेसन नेपालको दोश्रो राष्ट्रिय महाधिवेशन कमरेड बिनोदप्रसाद भट्टराईको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।
कमिटीको उपाध्यक्षमा अर्चना बस्नेत रोकाहा र जितेन्द्र बानियाँ, महासचिवमा खेमबहादुर कार्की, उपमहासचिवमा नवराज श्रेष्ठ र सचिवहरुमा सीता बस्याल, ज्ञानेश्वर घिमिरे, हेम राई, ज्ञानु खवास निर्वाचित भएका छन् ।
रिटर्नी फेडेरेसन नेपालको दोश्रो महाधिबेसन चैत्र १५–१६ गते काठमाडौंमा सम्पन्न भएको हो । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आथित्यमा भएको कार्यक्रममा स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल, केन्द्रीय सदस्य तथा रिटर्नी फेडेरेसन नेपालका ईन्चार्ज कृष्ण बहादुर केसीको , नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुंगेल लगायतको आथित्यतामा रहेको कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष उत्तम अधिकारीले गरेका थिए ।
उदघाटन सत्रमा रिटर्नी फेडेरेसन नेपालको महाधिवेसनका सन्दर्भमा प्रकाशित रिटर्नी दर्पणको विमोचन समेत गरिएको थियो ।