रिटर्नीको नयाँ कार्यसमितिलाई एमाले महासचिव पोखरेलको गरे सम्मान

काठमाण्डौं । चैत्र २१ ।

काठमाडौँ, चैत १९ गते । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नवनिर्वाचित रिटर्नी फेडेरेसन नेपालको केन्द्रिय पदाधिकारीहरूलाई सम्मान गरेका छन् । केन्द्रिय पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमा महासचिव पोखरेलले नयाँ बधाई एवम शुभकामना दिएका छन् । उनले नवनिर्वाचित अध्यक्ष बिनोद भट्टराई लगायत सम्पूर्ण टिमलाई खादा लगाई सम्मान गरेका थिए । रिटर्नी फेडेरेसनका निवर्तमान अध्यक्ष उत्तम अधिकारीले नवनिर्वाचित पदाधिकारीहरूलाई महासचिव शङ्कर पोखरेल सँग साक्षात्कार गराउँदै आफुहरुको कार्ययोजनाको बारेमा महासचिवलाई जानकारी गराएको फेडेरेसनका महासचिव खेम कार्कीले जानकारी दिए ।

महासचिव पोखरेलले अधिवेशन पूर्ण रुपमा सफल पारि नवनिर्वाचित कमिटीलाई कार्यभार हस्तान्तरण गर्न सफल भएकोमा उपस्थित पूर्व कमिटीका सम्पूर्ण टिमलाई पनि खादा लगाई सम्मान एवं बधाई दिएका थिए ।

कार्यक्रममा नेकपा एमाले जनसङ्गठन प्रमुख भानुभक्त ढकाल ,रिटर्नी फेडेरेसन इन्चार्ज डा.कृष्ण केसी ,पूर्व उपाध्यक्ष सालिक बसेल , पूर्व महासचिव जेपी सापकोटा , उपाध्यक्ष जितेन्द्र बानियाँ ,महासचिव खेम कार्की , उपमहासचिव नवराज श्रेष्ठ , सचिव ज्ञानु खवास ,सिता बश्याल तथा प्रचार विभाग प्रमुख हेम राई लगायतको उपस्थिति रहेको थियो ।

१८ चैत्र २०८१, मङ्गलवार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *