निवर्तमान सभामुख कृष्णबहादुर महराले पाए सफाइ

काठमाडौं –

बलात्कार प्रयासको आरोपमा पक्राऊ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले  सफाइ पाएका छन् ।

सोमबार काठमाडौं जिल्ला अदालतले महरालाई सफाइ दिएको हो । बलात्कारको आरोप पुष्टि नभएको अदालतले ठहर गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले महरालाई सफाइ दिने फैसला गरेको हो ।

असोज १२ गते संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि उनले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए। उनी असोज १९ गते पक्राउ परेका थिए।

त्यसपछि अनुसन्धान गर्दै जाँदा बलात्कार प्रयासको मुद्दा दर्ता गरिएको हो। उनलाई अदालतले मंसिर ६ मा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *