निजी सहकारी र सरकारी साझेदारीमा समृिद्धः सांसद सुनुवार

ओखलढुंगा- संघीय प्रतिनिधीसभाका सांसद तथा नेकपाका केन्द्रिय सदस्य यज्ञराज सुनुवारले निजी, सहकारी र सरकारी साझेदारीमा आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् ।
सूर्योदय बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा उद्घाटन गर्दै सांसद सुनुवारले सरकारले निजी र सहकारी क्षेत्रसँग साझेदारी गरेर आर्थिक विकास गर्ने लक्ष्य लिएकाले सहकारी अर्थतन्त्रको एक हिस्सा भएको बताएका हुन् ।
सरकारको लक्ष्यमा पुग्न स्थानीय तहसम्मै निजी क्षेत्र र सहकारीको साझेदारी आवश्यक भएको उनको भनाइ छ । थोपा थोपा मिलेर नदी बनेजस्तै सानो सानो रकम बचत गरेर आर्थिक समृद्धि ल्याउन सकिने भएकाले कमाएको सानो अंश भएपनि बचत गर्न सबैलाई आग्रह गरे । कार्यक्रमममा संविधान सभाका सदस्य सकुन्तला राजभण्डारी, सिद्धिचरणका मेयर मोहन श्रेष्ठ, नेताहरु नेत्र भट्टराई, अनिल योगी लगायतले सम्बोधन गरेका थिए ।
उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न छैठौं साधारण सभा तथा अधिवेशनले संस्थाको बार्षिक प्रतिवेदन, आगामी बजेट सहितको प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पारित गरेको छ । त्यस्तै ओमबहादु दयालको अध्यक्षमा नयाँ सञ्चालक समिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा कान्ति राजभण्डारी, सचिव नइन्द्रराज राई, कोषाध्यक्ष गणेश थापा, सदस्यहरुमा चित्रकुमार श्रेष्ठ, धु्रवकुमार थापा, मेखबहादुर खड्का, पूर्णमाया खड्का र छविलाल मगराति चयन भए । त्यस्तै ९ सदस्यीय सल्लाहकार समिति र ६ सदस्यीय लेखा उप समिति चयन भएको अध्यक्ष ओमबहादुर दयालले बताए ।
सहकारीले अघिल्लो आर्थिक वर्षभन्दा आर्थिक वर्ष ०७४÷०७५ मा १९.१६ प्रतिशत सम्पति तथा दायित्व बृद्धि गरेको छ । सहकारीको कारोबार हाल २ करोड ३४ लाख ८७ हजार ९ सय १ रुपैंया रहेको छ । सहकारीका व्यवस्थापक गोपाल गिरीका अनुसार हाल संस्थाको शेयर पुँजी ३७ लाख ६० हजार ६ सय रहेकोमा आगार्मी वर्ष ५० लाख पुर्याउने लक्ष्य राखिएको छ । संस्थाका हाल ४ सय १५ शेयर सदस्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *