निःशुल्क स्वास्थ्य शिविर !

ओखलढुंगा- प्रथम ओखलढुंगा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय महोत्सवको अवसरमा महोत्सव स्थलमा चैत ३० शनिबार विहान १० बजेदेखि निशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
ओखलढुंगा उद्योग बाणिज्य संघ र लायन्स क्लब अफ काठमाण्डौंको संयुक्त आयोजनामा हुने शिविरमा हरेक दिन महोत्सव अवधीभर ओम समाज डेन्डल अस्पताल काठमाण्डौं चिकित्सकहरुबाट स्वास्थ्य सेवा दिइने छ ।
मुख्य गरि मुख तथा दाँतकोनिशुल्क जाँच तथा शल्यक्रिया समेत हुने आयोजक संस्था लायन्स क्लब आफ काठमाण्डौ ओखलढुंगाका अध्यक्ष बालकृष्ण दाहालले बताए । । शिविरको तालिका अनुसार हरेक दिन साधारण चिकित्सा सेवा, शनिबार दाँत परिक्षण तथा उपचार, बैशाख ३ र ४ गते हाडजोर्नी सम्बन्धी उपचार, ५ गते रक्तदान र ९ र १० गते स्त्रीरोग सम्बन्धी उपचार हुने बताइएको छ । आयोजकले शिविरबाट सेवा लिन सबै जिल्ला तथा छिमेकी जिल्लाबासीलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *