नागढुंगामा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने युवक पक्राउ

काठमाडौं-नागढुंगामा स्वास्थकर्मी नारायण कार्कीमाथि दुर्व्यवहार गर्ने युवक उत्तम कार्की पक्राउ परेका छन्।

कार्कीलाई चन्द्रागिरीबाट महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको परिसरका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए। स्वयंसेवाका नाममा बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीमाथि दुव्यर्वहार गरेकाले कार्कीलाई पक्राउ गरिएको हो।  गत शुक्रबार अत्यावश्यक कामले काठमाडौं आएका कार्कीको गाडी रोकेर नागढुंगामा एक युवाले खानतलासी गर्नुका साथैं दुव्यर्वहार समेत गरेका थिए। उक्त भिडियो फेसबुकमा समेत पोस्ट भएपछि त्यसको चौतर्फी विरोध भएको थियो।

यसरी स्वयंसेवाको नाममा कसैलाई पनि खानतलासीको अधिकार र दुव्र्यवहार गर्ने अधिकार नभएको र आवश्यक कारबाही गरिने गृहमन्त्रालयले जनाएको थियो। गृहकै निर्देशनमा ती युवालाई पक्राउ गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *